इरानमाथि एसियाको आशा

इरानमाथि एसियाको आशा

तेहरान : इरान एसियाली टोलीमध्ये फिफा वरीयतामा सबैभन्दा शीर्ष स्थानमा आसीन छ । इरानले रुस विश्वकप छनोटका क्रममा पनि आफ्नो यो छविलाई निरन्तरता दिएको थियो । इरान आयोजक रुस र ब्राजिलपछि आगामी विश्वकपमा छनोट हुने तेस्रो टोली पनि हो । त्यसैले अबको १० दिनपछि रुसमा फिफा विश्वकप फुटबलको २१औं संस्करण सुरु हुँदा एसियाली फुटबल समर्थकले इरानबाट निकै आशा गर्नेछन् ।

छनोट प्रतियोगिताको नतिजाका आधारमा बलियो टोली मानिएको इरानको प्रदर्शनमै एसियाको आशा जोडिएको छ । इरान पछिल्लो केही समययता उच्चस्तरको प्रदर्शन गर्दै आएको टोली हो । अनुभवी पोर्चुगिज प्रशिक्षक कार्लाेस क्वाइरोजको नेतृतवमा रहेको इरान मैदानमा निकै तीव्र गतिमा प्रस्तुत हुने गरेको छ । इरानका खेलाडीको रफ्तारलाई भेट्टाउन अन्य टोलीका खेलाडीलाई मुस्किल पर्ने गर्छ ।

तीव्र गति र बलियो आक्रमण क्षमताका कारण इरान कुनै पनि टोलीविरुद्ध जित निकाल्न सक्षम देखिन्छ । रुस विश्वकपमा इरानमाथि एसियाली समर्थकले विश्वास गर्नुको अर्को कारण यो पनि हो । इरानले सन् १९७८ मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यसयता पाँचौं पटक विश्वकप खेल्न लागेको इरानले अहिलेसम्म समूहगत चरण भने पार गर्न सकेको छैन ।

यसअघिका चारवटै विश्वकपमा इरान समूहगत चरणबाटै बाहिरिँदै आएको छ । त्यसैले इरानसँग यस पटक समूहगत चरण पार गर्दै विश्वकपमा नयाँ उपलब्धि हात पार्ने सुनौलो अवसर पनि छ । इरान युरोपेली च्याम्पियन पोर्चुगल, सन् २०१० को विश्व च्याम्पियन स्पेन र मोरक्को रहेको समूह ‘बी’ मा परेको छ । पक्कै पनि इरानका लागि यी मुस्किल प्रतिद्वन्द्वी हुन् ।

यद्यपि आफ्नो क्षमताअनुसार प्रदर्शन गर्ने हो भने इरान यी टोलीलाई पनि पछि पार्दै पहिलो पटक विश्वकपको समूहगत चरण पार गर्न सक्षम हुनेछ । इरानले सन् २०१८ सुरु भएपछि रुस विश्वकप फुटबलको तयारी स्वरूप खेलिएको पछिल्लो पाँच खेलमा उत्कष्ट प्रदर्शन गरेको छ । पाँचमध्ये तीन खेलमा जित हात पारेको इरान दुईमा भने पराजित भएको छ ।

इरानले सियरालियोनलाई ४-०, अल्जेरियालाई २-१ र उज्बेकिस्तानलाई १-० गोलले पराजित गरेको थियो । ट्युनिसिया र टर्कीसँग भने इरान क्रमश: १-० र २-१ गोलले पराजित भएको थियो । खेलको अवस्थाअनुसार रणनीति बनाउन माहिर मानिएका प्रशिक्षक कार्लाेसको नेतृत्वमा रहेको इरानलसँग विदेशी लिग खेलेका खेलाडीको बाहुल्य छ । त्यसैले पनि यस पटक इरानले विश्वकपमा नयाँ उपलब्धि हात पार्ने अनुमान गरिएको छ ।

इरानको प्रारम्भिक टोली

गोलरक्षक : अलिरेजा बरान्भान्द (पर्सिपोलिस), सैयद हुसेन हुसैनी (इस्टेघलाल), रासिद माजाहेरी (जोब अहम) र आमिर अबेदजादेह (मारितिमो) ।

रक्षक : रमिन रेजाइन (ओस्टेन्डी), भोरिया घाफोउरी (इस्टेघलाल), स्टिभन बेइटासउर (लस एन्जेल्स एफसी), सैयद जलाल होसैनी (पर्सिपोलिस), मोहम्मद रेजा खान्जादेह (पादिदेह), मोर्तजा पउरालिगन्जी (अलसाद), मोहम्मद अन्सारी (पर्सिपोलिस), पेज्मान मोन्ताजेरी (इस्टेघलाल), सैयद माजिद होसैनी (स्टेघलाल), मिलाद मोहम्मदी (अख्मात ग्रोज्नी), ओमिद नोराफ्कान (स्टेघलाल), सइद अघाई (सेपाहान) र रुजबेह चेश्मी (स्टेघलाल)।

मिडफिल्डर : सइद इजोतोलाही (अम्कार पर्म), मासुद सोजाई (एईके एथेन्स), अहमद अब्दोलाज्जादेह (फुलाद), सामन घोड्डोस (ओस्टरसुन्ड्स), माहदी तोराबी (सइपा), अस्कान देजाघ (नोट्टिङहाम फरेस्ट), ओमिद इब्राहिमी (स्टेघलाल), इसान हाज्साफी (ओलिम्पिएकोस), अलि करिमी (सेपाहान), सोरउस राफीई (अल खोर), अली घोलिजादेह (साइपा) र भाहिद अमिरी (पर्सिपोलिस) ।

स्ट्राइकर : अलिरेजा जहाबाक्स (एजेड् अल्कमार), करिम अन्सारीफार्द (ओलिम्पिएकोस), माहदी तरेमी (अल घराफा), सर्दार अज्माउन (रुबिन कजान), रेजा घुचान्नेज्हाद (हिरेन्भिर) र काबेह रेजाई (चार्लेरोई) ।

प्रशिक्षक : कार्लाेस क्वाइरोज ।

इरानको खेल

समूह बी’

जुन १५ : मोरक्कोविरुद्ध

जुन २० : स्पेनविरुद्ध

जुन २५ : पोर्चुगलविरुद्ध

इरान

विश्वकप सहभागिता : पाँचौं पटक

उपलब्धि : समूहगत चरण

फिफा वरीयता : ३६
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.