चोरी गरेको धनमालसहित दुई पक्राउ
काठमाडौं : चोरी गरेको धनमालसहित दुई जना पक्राउ परेका छन् । गत जेठ १० गते काठमाडौं कालधाराबाट चोरी गर्ने सलिम जिरेल लामा र तिलकदास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट चोरी भएको धनमाल समेत फेला पारेको छ। उनीहरुले ४५ हजार नगद, ,सुनको मंगलसुत्र ,सामसुङ्ग मोबाइल सहितको धनमालसहित कास्की घर भई काठमाडौं बस्ने बन्दना कार्कीको झोला चोरी गरेका थिए ।