दुई सवारी साधन ठोकिँदा ट्रकमा आगलागी
![दुई सवारी साधन ठोकिँदा ट्रकमा आगलागी](https://annapurnapost.prixacdn.net/media/albums/Truck-2_20180604114851_YUY0ZIDhpU.jpg)
धार्के (धादिङ) : पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका – ७ जुगेखोला नजिकै दुर्इ सवारी साधन एक आपसमा ठोकिदा मालवाहक ट्रकमा आगलागी भएको छ । चितवनबाट काठमाण्डौंतर्फ जादै गरेको ना ५ ख ८७७० नम्वरको मालवाहक ट्रक र नौविसेबाट बैरेनीतर्फ आउदै गरेको ना १७ च १०९३ नम्वरको जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा जिपमा सवार तीनजना घाइते भएका छन । ट्रकको डिजेल ट्याङ्की फुटेर आगो लागेको हुन सक्ने प्रहरीले बताएको छ । दुई सवारी साधन जुधे लगत्तै मालवाहक ट्रकमा आगो लागेको स्थानीय शिवराज आचार्यले जानकारी दिए ।
आगो नियन्त्रणमा लिनको लागि स्थानीय र प्रहरीले प्रयास गरिरहेका छन । सदरमुकाम धादिङवेशीबाट समेत नीलकण्ठ नगरपालिकाको दमकल परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)