अष्ट्रेलियन शैक्षिक मेला काठमाडाैमा
काठमाडौं : एईसीसी ग्लोबलको सर्वाधिक ठूलो अष्ट्रेलियन शैक्षिक मेला‘अष्ट्रेलियन एप्लिकेशन्स् डे जुन २०१८’ सोमबारबाट काठमाडौंको होटल याक एण्ड यतीमा सुरु भएको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले उक्त शैक्षिक मेलाको उद्घाटन गरेका छन् ।
मेलामा २८ विश्वविद्यालय तथा कलेज प्रतिनिधिहरुको सहभागिता रहेको थियो। जसमा विद्यार्थी र अभिभावकले प्रत्यक्ष रुपमा ती प्रतिनिधिहरुसँग कोर्स, शुल्क एवं छात्रवृत्ति सम्बन्धी आफ्ना जिज्ञासा राख्ने अवसर प्राप्त गरेका थिए ।
मेलाका मुख्य आकर्षण प्रतिनिधिहरुद्वारा स्पट असेस्मेन्ट तथा फाइनेन्सियल एवं भिसा गाइडेन्स बुथ रहेको थियो जहाँ विद्यार्थीहरुले आफ्ना जिज्ञासा प्रस्तुत गरेका थिए र एईसीसी ग्लोबलका दक्ष भिसा अफिसरले उचित सल्लाह सुझावसहित मद्दत पुर्याए ।
मेलाको बैँकिङ पार्टनरको रुपमा एनआईसी एसिया, नेपाल एसबीआई, सानिमा बैँक, सिद्धार्थ बैँक र एभरेष्ट बैँकले सहभागीका लागि उत्कृष्ट अफर प्रदान गरे । मेलामा ब्रिटिस काउन्सिल नेपालको पनि सहभागिता रहेको थियो ।
“विद्यार्थीलाई विश्वविद्यालयसम्म पुग्न नसक्ने अवस्थामा हामीले विश्वविद्यालयलाई नै विद्यार्थी सामु ल्याउने सक्दो प्रयास गरेका र्छौँ”, अष्ट्रेलियन शिक्षाको लागि एकीकृत समाधान प्रस्तुत गर्दै एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले भने ।
सन् २००८ मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ शहरमा सञ्चालित छ । प्रधान कार्यालय मेलबर्न अष्ट्रेलियामा रहेको एईसीसीले न्यूजील्याण्ड, क्यानडा, यूएसए र यूकेका लागि समेत शैक्षिक परामर्श प्रदान गर्ने गर्दछ ।
संस्थामा ४० भन्दाबढी क्यूईएसी प्रमाणित शैक्षिक सल्लाहकार आबद्ध रहेका छन् । शैक्षिक मेला जुन ६ मा चितवनको भरतपुर गार्डेन रिसोर्ट तथा जुन ७ मा पोखराको होटल पोखरा ग्राण्डीमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आयोजना गरिने छ ।