प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुर्खेतको पोल्टामा
वीरेन्द्रनगरः शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको कर्णाली प्रदेशस्तरीय दशौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सुर्खेतले हात पारेको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जुम्ला दोस्रो भएको छ भने सल्यानले तेस्रो स्थान पक्काग गरेको छ ।
प्रतियोगितामामा प्रथम, दोस्रो र तेस्रो हुने जिल्लालाई क्रमशः २०, १५ र दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पुरुष कपर्दीतर्फ सल्यान प्रथम र द्वितिय दैलेख भए भने महिला कपर्दीतर्पm सुर्खेत प्रथम र दोस्रो पनि दैलेख नै भएको छ ।
त्यस्तै, महिला भलिबलमा सल्यान प्रथम, कालिकोट दोस्रो र तेस्रो स्थान जुम्लाले हात पारेको छ । पुरुषतर्पmको भलिबलमा सल्यान प्रथम, दोस्रो रुकुम र तेस्रो स्थान सुर्खेतले हासिल गरेको छ ।
भलिबल (छात्रा) तर्फ सल्यानकी लिला केसी र छात्रतर्फm सल्यानकै रञ्जीत विक उत्कृष्ट खेलाडी घोषित भए । कपर्दीमा छात्रातर्पm सुर्खेतकी देवीका थापा र छात्र तर्फ सल्यानका नवराज क्षेत्री उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
कराँतेमा छात्रातर्फ एलिना थापा मगर र छात्रतर्फ चिरन थापा उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, तेक्वान्दोमा छात्र तर्पm दैलेखका लक्ष्मण गुरुङ्ग उपाधि हात पारे । छात्रा तर्फ सुर्खेतकी मनिषा विक, उसु खेलमा छात्रतर्फ सुर्खेतकै कृष्ण सिं र छात्रा तर्फ पनि सुर्खेतकाी मालिका सार्की उत्कृष्ट घोषित भएका छन् ।
प्रतियोगितामा एथ्लेटिक्सतर्फ जुम्लाका नवराज रावत उत्कृष्ट खेलाडी भए । प्रतियोगिता सम्पन्नको अवसरमा खेलकुद पत्रकार मञ्च सुर्खेत शाखाले जुम्लाका खेलाडी नवराज रावत र कालिकोटका भलिबल खेलाडी चरित्र शाहीलाई (कालिकोट) नगदसहित सम्मानसमेत गरेको थियो ।
प्रतियोगिताको समापनमा बोल्दै प्रदशसभा सांसद गुलाबजंग शाहले खेलकुद क्षेत्रले हरेक व्यक्तिलाई अनुशासित बनाउने भएकाले यसको विकास गर्नुपर्नेमा जोड दिए ।
खेलकुदले गाउँदेखि जिल्ला हुँदै समग्र देशको पहिचानलाई उजागर गर्ने भन्दै उनले सहभागी खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तर सम्मको खेल खेल्न शुभकामना दिए ।
खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य शान्ति सिंहले यही जेठ २४ र २५ गते काठमाडौँमा हुने राष्टिय प्रतियोगितामा धेरै पदक कर्णालीले जित्ने विश्वास व्यक्त गरिन् ।