प्रधानमन्त्री कप क्रिकेट : एपीएफ सेमिफाइनलमा

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ सेमिफाइनलमा

काठमाडौं : सुवास खकुरेल र प्रदीप ऐरीको शतकीय पालिसँगै विभागीय टोली एपीएफ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा प्रदेश २ लाई डक वर्थ लेविस नियमका आधारमा ९६ रनले पराजित गरेपछि एपीएफ समूह ‘ए’बाट प्रतियोगिताको अन्तिम दुईमा पुगेको ह

समूह ‘ए’बाट अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले यसअघि नै अन्तिम चारको यात्रा तय गरिसकेको छ । यी दुई टोलीबीच अब हुने अन्तिम खेलबाट समूह ‘ए’को विजेता र उपविजेता टोलीको टुंगो लाग्नेछ । एपीएफसँगको पराजयपछि प्रदेश २ को यात्रा समूह चरणमै रोकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको एपीएफले आफ्ना दुई भरपर्दा ब्याट्सम्यानको शतकीय पालिको मद्दतमा निर्धारित ५० ओभर पूरै ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा तीन सय ३९ रनको ठूलो योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा आएको प्रदेश दुईले १६ ओभरमा बिनाक्षति ६४ रन बनाउँदा सुरु भएको वर्षाले खेल रोकिन पुग्यो । फेरि सुरु हुँदा खेल २८ ओभरमा छोट्याइ २०२ रनको नयाँ लक्ष्य दिइएको थियो । प्रदेश दुईले २८ ओभरमा नौ विकेट गुमाउँदै एक सय पाँच रन मात्रै जोड्न सकेपछि एपीएफ भारी अन्तरले विजयी भएको हो ।

एपीएफका लागि प्रारम्भिक ब्याट्सम्यान सुवासले एक सय तीन तथा तेस्रो क्रममा ब्याट्सम्यान प्रदीपले एक सय ५८ रनको शतकीय योगदान गरेका थिए । नेपाली सिनियर राष्ट्रिय टोलीबाट कुनै समय प्रारम्भिक जोडीको रूपमा एकसाथ मैदानमा उत्रिएका सुवास र प्रदीपले घरेलु क्रिकेटमा लामो समयपछि शतक प्रहार गरेका हुन् । पृथु बास्कोटाले अविजित २९ रन र भुवन कार्कीले १६ रन जोडे।

करण र वसन्त रेग्मीले तीन÷तीन विकेट लिएपछि जवाफी ब्याटिङमा आएको प्रदेश २ का ब्याट्सम्यान एकपछि अर्काे आउट हुन पुगेका थिए । प्रदेश २ का लागि हरिशंकर शाहले ३८ रन तथा सुरज पटेलले ३४ रन जोड्नेबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । प्रदेश २ का दिभ्यन्सु मल्लिक एक्लैले पाँच विकेट लिए ।

प्रतियोगिताअन्तर्गत सोमबार नै भएको अर्काे खेलमा प्रदेश ५ ले प्रदेश ३ माथि डकवर्थ लेविस नियमकै आधारमा ३० रनले पराजित गरेको छ । मूलपानीस्थित मैदानमा टस जिती पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ४४.५ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ५२ रनको योगफल बनाएको थियो । वर्षाले खेल अवरुद्ध बन्दा प्रदेश ५ ले २०.५ ओभरमा ६० रनको परिमार्जित नयाँ लक्ष्य पायो । यसमा प्रदेश ५ ले २०.५ ओभरमा मात्र तीन विकेट गुमाउँदै जित भेट्टाएको हो । प्रदेश ३ का लागि भूपेन्द्र थापाले सर्वाधिक ४६ रन जोडेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.