विश्वकपको खेलमा एउटै खेलाडीलाई तीन पँहेलो कार्ड

विश्वकपको खेलमा एउटै खेलाडीलाई तीन पँहेलो कार्ड

सन् २००६ को विश्वकप फुटबल जर्मनीमा आयोजना भएको थियो । उक्त विश्वकपका क्रममा एकपछि अर्को गर्दै थुप्रै विवाद देखिएका थिए । खासगरी रेफ्रीको एउटा गलत निर्णयका कारण उक्त विश्वकप सबैभन्दा बढी विवादित बनेको थियो । जुन २२ तारिखमा समूह ‘एफ’ अन्तर्गत अस्ट्रेलिया र क्रोएसियाको खेल थियो । उक्त खेलमा इङ्ल्यान्डका ग्राहम पोल रेफ्रीको भूमिकामा थिए।

खेलका क्रममा रेफ्री पोलले क्रोएसियाका एक खेलाडीलाई तीन पटक पहेँलो कार्ड देखाएका थिए । तेस्रो पटक पहेँलो कार्ड दिएपछि मात्र रेफ्रीले ती खेलाडीलाई रातो कार्ड पनि देखाएका थिए । खेलको नियमअनुसार दोस्रो पटक पहेँलो कार्ड पाउनेबित्तिकै खेलाडीले मैदान छाड्नुपर्ने हुन्छ । यद्यपि खेलपछि रेफ्री पोलले आफूले थाहा नपाएर यस्तो गल्ती भएको प्रतिक्रिया दिएका थिए ।

खेल सुरु भएको ६१औं मिनेटमा क्रोएसियाका जोसिप सिमुनिचले पहेँलो कार्ड पाएका थिए । त्यसपछि ९०औं मिनेटमा उनलाई रेफ्री पोलले दोस्रो पटक पहेँलो कार्ड देखाए । दोस्रो पटक पहेँलो कार्ड पाउँदा पनि न खेलाडी सिमुनिचले मैदान छाडे न त रेफ्री पोलले नै उनलाई मैदानबाट बाहिर जान निर्देशन दिए । ९३औं मिनेटमा रेफ्री पोलले खेल सकिएको जनाउ दिन सिट्ठी बजाए । त्यसपछि सिमुनिचले रिसाउँदै गएर रेफ्री पोललाई धकेले । त्यही झोंकमा रेफ्रीले उनलाई तेस्रो पटक पहेँलोसँगै रातो कार्ड पनि देखाएका थिए।

सिमुनिचले खेल सकिनुअघि नै दुईवटा पहेँलो कार्ड पाइसकेको विषयमा रेफ्री पोलसँगै सहायक रेफ्री र फोर्थ अफिसियलसमेत अनभिज्ञ थिए । उक्त खेल २—२ गोलको बराबरीमा सकिएपछि अस्ट्रेलिया समूह उपविजेताका रूपमा अघिल्लो चरणमा प्रवेश गरेको थियो । उक्त खेलमा आफ्नो टोली पराजित भएको भए रेफ्रीको विरुद्घमा उजुरी गर्ने पर्याप्त आधार आफूसँग भएको प्रतिक्रिया अस्ट्रेलियन फुटबल महासंघका प्रमुख कार्यकारी जोन ओनिलले दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.