इराकको दर्दनाक घटना अब पुस्तकमा

इराकको दर्दनाक घटना अब पुस्तकमा

काठमाडौं : इराकमा २०६१ भदौ १६ गते १२ जना नेपालीको बिभत्स हत्याको घटनाले विश्वभर तरंग ल्यायो । सोही घटनाबारे अनुसन्धान गरी लन्डनका पत्रकार क्याम सिम्प्सनले पुस्तक लेखे, ‘द गर्ल फ्रम काठमान्डु’ ।यो पुस्तकबारे राजधानीको भृकुटीमण्डपमा जारी अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा सोमबार चर्चा भएको छ ।

मण्डला बुक पोइन्टले बजारमा ल्याएको पुस्तकबारे समाजशास्त्री डा. गणेश गुरुङले चर्चा गरे । पीडितको न्यायिक प्रक्रियामा सहयोग गरेका डा. गुरुङले अमेरिकाका विभिन्न अदालत र अधिवक्ताका कार्यालयहरूमा चहार्दाका अनुभूतिहरू सुनाए । १२ जनामध्ये १० जनाले न्याय पाएको बताउँदै उनले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

पीडितका तर्फबाट मुद्दा लड्ने अमेरिकी अधिवक्ता म्याक ह्यान्डलीले मुद्दा लड्दाका अनुभूति सुनाए । काम गर्न गएका नेपालीको दर्दनाक घटना मिडियामा हेरेपछि आफू सो घटनाको पैरवी गर्न इच्छुक भएको उनले बताए । मुद्दा जितेका १२ परिवारमध्ये १० परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पाउँदा खुसी लागेको बताउँदै उनले भने, ‘१० जनाले न्याय पाउनुभयो, खुसी लागेको छ । तर दुई जनालाई क्षतिपूर्ति दिलाउन सकिएन । 

कानुनअनुसार मृतकका श्रीमती, छोराछोरी वा बाबुआमाले मात्रै क्षतिपूर्ति पाउने व्यवस्था छ । उहाँहरूको कोही नभएकाले क्षतिपूर्ति दिलाउन सकेनौं ।’ उनले इराक घटना पुस्तकका रूपमा पढ्न पाउँदा खुसी लागेको बताए । पुस्तकका लेखक क्याम भने कार्यक्रममा उपस्थित थिएनन् । पुस्तक लन्डनमा विमोचन गरिने बताइएको छ ।

मारिने १२ नेपालीको परिवारको अन्तर्कथा पुस्तकमा समेटिएको छ । ती परिवारमध्ये जितबहादुर थापाकी श्रीमती कमला थापालाई मुख्य पात्रका रूपमा उभ्याइएको छ । कमला थापाले सो घटनाबारे सम्पूर्ण विवरण पुस्तकमा दिएको बताइन् । क्षतिपूर्तिबारे आफू सन्तुष्ट रहेको बताउँदै उनले भनिन्, ‘ढिलै भएपछि क्षतिपूर्ति पाएका छौं । खुसी लागेको छ ।’

मारिने १२ जनामध्ये खोटाङका मंगल लिम्बू र धनुषाका बुधनकुमार साहले क्षतिपूर्ति पाएनन् । उनीहरूका बुवाआमा, श्रीमती र छोराछोरी कोही नभएका कारण क्षतिपूर्ति नपाएको अधिवक्ता म्याकले बताए । बुधनकुमारका दाइ सत्यनारायण साहले भाइको क्षतिपूर्ति नपाएकोमा दुःख व्यक्त गरे । उनले भने, ‘१० धुर जमिन बन्धकी राखेर भाइलाई विदेश पठाइयो । भाइको उतै हत्या भयो । तर, कुनै पनि क्षतिपूर्ति पाएनौं ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.