बाजुरामा ४.९ रेक्टर स्केलको भूकम्प
बाजुरा : बाजुरामा मंगलबार बिहान ७:१९ बजे भूकम्प गएको छ।बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रविधि अधिकृत तीर्थ दाहालले जानकारी दिए।
आज देशभरी विश्व वातारण दिवस मनाउन थालिएका बेला भूकम्प र वर्षाका कारण बाजुराको वातावरणनराम्ररी बिग्रिएको छ। रासस