विश्वकप फुटबल: कुन रंगशाला बनाउन कति अर्ब रुपैयाँ खर्च ?

विश्वकप फुटबल: कुन रंगशाला बनाउन कति अर्ब रुपैयाँ खर्च ?

एजेन्सी: यही जुन १४ बाट रूसमा शुरू हुन लागेको २१औँ फिफा विश्वकपमा ३२ राष्ट्रका टिम च्याम्पियन बन्न लागि मैदानमा ओर्लिँदैछन् । 

विश्वकपको उपाधि जित्न रुसका ११ सहरमा बनाइएका १२ स्टेडियममा ३२ देश उत्रिन लागेका हुन् । रुसले विश्वकप खेलाउन लागेका स्टेडियममा सबैभन्दा ठुलो लुझ्निकी स्टेडियम रहेको छ भने सबैभन्दा महंगो क्रिस्टोभस्की स्टेडियम रहेको छ । यिनमा अण्डाको आकारको फिस्ट स्टेडियम पनि रहेको छ । 

क्रिस्टोभस्की स्टेडियम बनाउन मात्रै लगभग १८२८५.४७ करोड रुपैयाँ खर्च गरिएको छ । विश्वकपका क्रममा प्रयोग गरिने सबै स्टेडियमलाई बनाउन र पुनर्निर्माणमा लगभग ५,८०३ लाख डलर (करिब ६२४२८.११ करोड रुपैयाँ) खर्च भएको छ । जबकि सन् २०१४ मा ब्राजिलमा ३६,६०० लाख डलर मात्रै खर्च भएको थियो । 

लुझ्निकी स्टेडियममा एकसाथ ८१ हजार दर्शकले विश्कप फुटबल हेर्न पाउनेछन् । रूसको राजधानी मस्कोस्थित लुझ्निकी स्टेडियम देशको सबैभन्दा ठुलो स्टेडियम हो। यसमा एक साथ ८१ हजार दर्शक खेल हेर्न सक्छन् । यसलाई पुनर्निर्माण गर्न मात्रै ४५०९.७१ करोड रुपैयाँ खर्च गरिएको छ । यही स्टेडियममा विश्वकपको उद्घाटन र फाइनल भिडन्त पनि हुनेछ । 

सन् १८५६ मा पहिलो पटक यस मैदानमा फुटबल खेलाइएको थियो । त्यो बेला यसको नाम सेन्ट्रल लेनिन स्टेडियम राखिएको थियो । सन् १९९२ मा यसको नाम फेरेर लुझ्निकी स्टेडियम कायम गरियो । सन् १९६३ मा सोभियत युनियन र इटलीबीच भएको खेलमा १ लाख २ हजार ५ सय ३८ दर्शक उपस्थित भएका थिए । 

स्पेसशिप आकारमा क्रिस्टोव्स्की 

सेन्ट पिटर्सबर्गस्थित क्रिस्टोभ्स्की स्टेडियमलाई स्पेसशिप आकारमा बनाइएको छ । यसको निर्माणमा लगभग १८२५८.२५ करोड रुपैयाँ खर्च गरिएको छ । यस स्टेडियम रोचक कुरा भनेको यसको भित्रको तापक्रम सदैव १५ डिग्री सेल्सियस रहिरहन्छ । यो विश्वकै सबैभन्दा महंगो फुटबल स्टेडियम हो । 

क्रिस्टोभ्स्स्की स्टेडियमको क्षमता ६७ हजार रहेको छ । रसियन प्रिमियर लिगका क्रममा यसमा ५६,१९६ दर्शकले एकसाथ फुटबल हेरेका थिए । विश्वकपका लागि यसको दर्शक क्षमता करिब १२ हजार बढाइएको हो । यसको निर्माण कार्य सन् २००७ बाट सुरु गरेर सन् २०१७ मा पुरा भएको हो । 

स्टेडियमबाट काला सागर

सोचीस्थित फिस्ट स्टेडियम विन्टर ओलम्पिकसँगै फिफा विश्वकपको आयोजना गर्ने विश्वको दोस्रो स्टेडियम भएको छ । यसको पुनर्निर्माणमा ८३६६.०३ करोड रुपैयाँ खर्च गरिएको छ । यो फाइबर अण्डाको आकारमा बनाइएको छ ।  यसको दक्षिणमा काला सागर र उत्तरमा फिस्ट पहाड रहेको छ। दक्षिणी स्ट्यान्डबाट काला सागर देख्न सकिन्छ । 

विश्वकपका लागि यस स्टेडियमको दर्शक क्षमता ४१,२२० बनाइएको छ । विश्वकप सकिएपछि यस स्टेडियमबाट वैकल्पिक सिट हटाइनेछ । त्यसपछि यसको क्षमता ४० हजार नै हुनेछ । 

दुई स्टेडियमको मात्रै ४० हजार भन्दा कम क्षमता

विश्वकपका लागि निर्माण गरिएका सबै स्टेडियममध्ये केवल दुई कलिनिग्राद स्टेडियम (३५,२१२) र एकटरिनबर्ग स्टेडियम (३५,६९६) को क्षमता ४० हजार भन्दा तल रहेको छ । यी दुवैका अलावा सबै १० स्टेडियम ४० हजार भन्दा धेरै दर्शक क्षमताका छन् । क्रिस्टोब्स्की स्टेडियमको पुनर्निर्माणमा रुसले एक अर्ब ८२ करोड ५७ लाख रुपैयाँ भन्दा धेरै लगानी गरेको छ । 

कुन स्टेडियम कस्तो ?

नाम  दर्शक क्षमता  निर्माण-पुनर्निर्माण खर्च
कजान एरिना   ४५३७८ ४३९.७ मिलियन डलर 
एक्टोरिनबर्ग एरिना    ३५,६९६   २१५ मिलियन डलर
फिस्ट स्टेडियम   ४७,६५९  ७७० मिलियन डलर 
कालिनिग्राद स्टेडियम ३५,२१२  ३०० मिलियन डलर 
स्पार्टक स्टेडियम   ४५,३६०  ४३० मिलियन डलर
लुझ्निकी स्टेडियम  ८१,०००   ४२० मिलियन डलर
नोभगोरोद स्टेडियम ४४,८९९  २९० मिलियन डलर
रोस्तोभ स्टेडियम ४५,१४५   ३३० मिलियम डलर
क्रिस्टोभस्की स्टेडियम  ६७,०००  १.७ बिलियन डलर
मोरदोभिया एरिना ४४,४४२  ३०० मिलियन डलर
कोसमोस एरिना ४४,८०७  ३२० मिलियन डलर
भोल्गोग्राद एरिना  ४५,५६८ २८० मिलियन डलर

       
    
    

 
     
      
   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.