चीनको अनुदानमा काठमाडौंमा रेल : भट्टराई

चीनको अनुदानमा काठमाडौंमा रेल : भट्टराई

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चीनीयाँ अनुदानमै आउने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले यस्तो खुलासा गरेका हुन्। 

‘केरुङ–काठमाडौं रेल चीनले अनुदान दिए बन्छ, हाम्रो प्रधानमन्त्रीले पनि पटक पटक भनिसक्नुभएको छ कि हामी आन्तरिक स्रोतले बनाउन सक्ने अवस्थामा छैनौं, त्यसैले चीनले अनुदानमा बनाईदिएमात्रै काठमाडौंमा रेल आउँछ’, भट्टराईले भने।

दुई वर्षअघि प्रधानमन्त्री केपी ओली हुँदा चीनसँग भएका रेलदेखि तेलसम्मका १० बुँदे सम्झौतालाई कार्यान्वयनमा लान यसपटक प्राथमिकता दिइने जानकारी दिए। चीनसँग भएका पारवाहन तथा यातायात सन्धि, रेल, उत्तर–दक्षिण राजमार्ग, क्रस–बोर्डर टा«न्समिसन र आर्थिक लगानी तथा द्विपक्षीय व्यापार लगायतलाई अब दु्रत गतिमा कार्यान्यवन गर्न चीनीयाँ पक्षसँग कुरा गरिने उनले जनाए। 

‘यसअघि चीनसँग भएका सम्झौता कार्यान्वयन हामीले सोचेजस्तो भएन, जुन गतिमा सम्झौता कार्यान्वयन हुनुपर्नेथियो त्यो हुन सकेन, यसमा हाम्रै आन्तरिक कारणहरु छन्, बीचमा तीन चरणका निर्वाचनहरु भए, अब हामीसँग राम्रो वातावरण बनेको छ, कम्तिमा पनि ५ वर्षको लागि स्थिर सरकार छ, अब विगतमा भएका सबैखाले सहमति तथा सम्झौता कार्यान्वयनमा लैजानुपर्छ, यो राम्रो अवसर हो।’ उनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा नयाँ सम्झौताहरु हुनेपनि जनाए। 

विगतमा भएका सहमतिको कार्यान्वयन र नेपालमा विदेशी लगानी भित्र्याउनको लागि सरकारले नीतिगत स्थायित्वको विश्वास दिलाउन सक्नुपर्ने बताउँदै नेता भट्टराईले भने,‘अहिले सरकार यसैको आन्तरिक गृहकार्यमा जुटेको छ, चीन भ्रमणको क्रममा नेपालमा लगानी भित्र्याउन हामीले विश्वासको वातावरण बनाउनुपर्छ।’ 

भट्टराईले विश्वमै सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) गर्ने देश चीन भएकाले नेपालले पनि चिनियाँ लगानी भित्र्याउन यो भ्रमणलाई महत्वपूर्ण अवसर बनाउनुपर्ने बताए। उनले भने, ‘हामीले यो भ्रमणबाट सन्देश दिने कुरा भनेको नेपालमा राजनीतिक स्थायित्वसँगै नीतिगत स्थायित्व पनि छ भनेर आश्वस्त पार्नुपर्छ, हामीलाई रेल, विद्युत चाहिएसँगै पर्यटक भित्र्याउने र कृषिलाई आधुनिकीकरण गर्ने हो, अब यी क्षेत्रमा हामीले चीनीयाँ सहयोग लिनुपर्छ।’
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.