अब एपीवान टेलिभिजनमा ‘करिअर क्वीज’

अब एपीवान टेलिभिजनमा ‘करिअर क्वीज’

काठमाडौं : विद्यालय तहका विद्यार्थीबीच लोकप्रीय रहेको टेलिभिजन कार्यक्रम  ‘करिअर क्वीज’को आठौं संस्करण एपीवान टेलिभिजनबाट प्रशारण हुने भएको छ। क्वीज निर्माण मिटिङ प्वाईन्ट प्रालिका अनुसार यही जेठ २३ गते बुधबार साँझ ९ बजेबाट हरेक हप्ताए पीवान टेलिभिजनमा करिअर क्विज प्रशारण हुन लागेको हो।

सन् २०१० देखि प्रशारण हुँदै आएको करिअर क्वीज कार्यक्रम विद्यालयतहका विद्यार्थीको अतिरिक्त क्षमता विकास र बौद्धिक प्रतिस्पर्धा र संस्कृति निर्माणमा आधारित रहेको छ। करिअर क्वीजका कार्यकारी निर्देशक जिनय खकुरालले भने, ‘क्वीजमा सहभागी विद्यार्थीलाई विभिन्न विधाको छात्रवृत्ति तथा पुरस्कारको व्यवस्था गरिएको छ। उनका अनुसार यो कार्यक्रमले विद्यार्थीलाई तत्काल लाभसँगसँगै दीर्घकालीन करिअर निर्माणमा समेत सहयोग पुर्‍याउँछ। कार्यक्रम करिअर क्वीजमा हरेक वर्ष पाँच सय भन्दा बढी विद्यालय सहभागी हुँदै आएका छन् भने पचास हजार भन्दा बढी विद्यार्थीको  प्रत्यक्ष  सहभागी हुन्छन्। 

मिटिङ प्वाइन्ट प्रालिका प्रबन्ध निर्देशक सुरेश सिम्खडाका अनुसार आठौं सिजनको क्वीजमा उपत्यकाबाहिरका स्कुल तथा विद्यार्थी पनि सहभागी हुनेछन्। विगतका सिजनमा  उपत्यकाका स्कुलमा मात्र सहभागी हुँदै आएका थिए। 

यो जिसनमा भने पोखरा, बुटवल र चितवनका विद्यालय पनि सहभागी हुनेछन्। निर्देशक सिम्खडाका अनुसार राज्यको पुनसंरचना पश्चात संघीयतासहित विकेन्द्रित योजना र कार्यक्रममा आधारित भएर कार्यक्रमको तयारी भएको छ। चितवन मेडिकल कलेजको प्रायोजनमा निर्मित करिअर क्वीजको आठौं सिजनमा पाँच सय बढी विद्यालय सहभागी हुँदैछन्। कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल माल्भिका सुब्बाले गर्दैछिन्। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.