चीनमा सय वर्ष पुरानो घर यसरी सर्लक्कै सारियो (भिडियो)
काठमाडौँ: नेपालमा पुरातात्विक सम्पदाहरु तोडफोड गरेर भत्काइरहँदा चीनमा एक सय वर्ष पुरानो एउटा घर सर्लक्कै सारिएको छ। करिब एक सय वर्ष पुरानो घरलाई नभत्काइ अर्को स्थानमा सारिएको हो । यस भवनलाई केबल ५४ मिटर पर सारिएन मात्रै ९० डिग्रीसमेत घुमाइयो ।
यो घर सारिएको भिडियो सघाई कन्स्ट्रक्सन ग्रुपले यु-ट्यूबमा सार्वजनिक गरेको छ । जहाँ ट्रली र क्रेनको सहयोगमा यस घरलाई सारिएको दृश्य देख्न सकिन्छ । संघाई प्रान्तको होङ्गकू जिल्लाको यस पुरातात्विक महत्वको घर रहेको पुरानो स्थानमा एक कम्प्लेक्स बनाउने तयारी गरिएको छ ।
भिडियो