स्वरोजगार बन्दै अधिकार जान्दै महिला
काठमाडौं : असहाय, पिछडिएका र निम्न वर्गका महिलालाई स्वरोजगार बन्ने तालिम दिँदै आएको डीडी बेकरीले उनीहरुलाई राखेर ‘जेन्डर लिडरसीप वर्कसप’ सञ्चालन गरेको छ । मंगलबार सम्पन्न तीन दिने वर्कसपमा सहभागीलाई लैंगिक समानता, महिलाको आर्थिक सशक्ति करणलगायत विषयमा प्रशिक्षण दिइएको छ ।
दक्षिण कोरियाको दातृ निकाय कोइकाको आर्थिक सहयोगमा दक्षिण कोरियाकै ‘एसिया वुमन ब्रिज डु रन डु रन’ संस्था र एकता बहुउदेश्यीय सहकारी संस्थाले तीन वर्षदेखि महिलालाई स्वरोजगार तालिम दिँदै आएको छ। हालसम्म पाँचवटा ब्याच तालिम सकेर काम गरिरहेको डीडी बेकरीले जनाएको छ।