हेम पौडेलको एकल चित्रकला प्रदर्शनी (फोटो फिचर)

हेम पौडेलको एकल चित्रकला प्रदर्शनी (फोटो फिचर)

काठमाडौं : वातावरण दिवसको अवसरमा वरिष्ठ कलाकार हेम पौडेलको एकल चित्रकला प्रदर्शनी भएको छ। मंगलबार राजधानीको कपनमा ‘वातावरण र चराहरु’ शीर्षमा चरा चित्रकार पौडेलको एकल प्रदर्शनी भएको हो। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को आयोजनामा कपनमा चित्रकला प्रदर्शनी भएको हो। प्रदर्शनीमा कलाकार पौडेलका २२ वटा चित्र समेटिएका थिए।

चित्रकला प्रदर्शनीमा स्थलगत कविता लेखन र मावि स्तरीय चित्रकला प्रतियोगिता भएको छ।  स्थलगत कविता लेखन प्रतियोगितामा दुर्गा वनवासी प्रथम, डिल्लीप्रसाद मुलतिहुन दितीय, मिलन समीर तृतीय भए। सान्तवना पुरस्कारे स्नेहा दाहाल र रुपक राई दुईजनाले पाए।

त्यसैगरी मावि स्तरीय चित्रकला प्रतियोगितातर्फ निशा गुरुङ प्रथम, निशाहाङ लिम्बु दितीय र कपिल तृतीय भए। दुवै प्रतियोगिताका प्रथम, दितीय र तृतीयले प्रमाणपत्रसहित क्रमसँग तीन, दुई र एक हजार नगद पुरस्कार पाएका छन्।  


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.