यस्तो रणनीति बनाउँदै छ राजपा

यस्तो रणनीति बनाउँदै छ राजपा

 काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलले मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे मंगलबारदेखि छलफल थालेको छ। यही २५ गते देखि बस्ने राजनीतिक समितिको बैठक अघि अध्यक्षमण्डलका एउटै धारणा बनाउन मंगलबारदेखि छलफल गरेका हुन्।

प्रदेश २ मा सहयात्रामा रहेको संघीय फोरम केन्द्रमा एक्लै सरकारमा सहभागी भएपछि राजपा आफ्नो रणनीति बनाउन लागेको हो।

राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै संसदीय दल नेता छान्ने तथा महाधिवेशनका बारेमा छलफल सुरु भएको छ।

राजपा नेता महतोले फोरम केन्द्र सरकारमा सहभागी भएको विषयप्रति राजपा नाकारात्मक नभएको बताए।

‘संविधान संशोधनका लागि हुने हरेक प्रयासलाई हामी सकारात्मक रुपमै लिन्छौं’, महतो भने, ‘उहाहरूको सत्तायात्रा संशोधनका लागि सकारात्मक हुने छ भन्नेमा हामी विश्वासमा छौं। यो सरकारलाई हामीले पनि समर्थन गरेका छौं।’

‘आफ्ना कैलालीबाट निर्वाचित सासंद रेशम चौधरीको सपथ नभएसम्म राजपा सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने पक्षमा छैन’, महतोले भने, ‘हामीले प्रधानमन्त्री र पुष्पकमल दाहाल दुवैलाई यो कुराको जानकारी गराइ सकेका छौं।’

अध्यक्षमण्डलको मंगलबारकोे बैठकले कल्पना पाण्डेलाई प्रदेश ५ को प्रदेशसभा सदस्य बनाउने निर्णय गरेको छ।

समानुपातिकबाट प्रदेशसभा सदस्य छानिएकी विनु पन्तले स्वास्थ्यका कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गर्दै पाण्डेलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरिएको महतोले जानकारी दिए।

पाण्डेलाई प्रदेशसभा सदस्यमा नियुक्त गर्ने पार्टी निर्णय निर्वाचन आयोगलाई जानकारी गराउने छ।

बुधबार बस्ने अध्यक्ष मण्डलको बैठकमा पार्टी महाधिवेशनको तयारी र विधान निर्माण तथा संसदीय दल गठनका विषयमा केन्द्रीत हुनेछ। एक वर्ष अघि मधेसी मोर्चामा आबद्ध ६ ओटा मधेसवादी पार्टीहरूले एकीकृत भई राजपाज गठन भएको हो। राजपाले कात्तिक-मंसिर भित्र एकता महाधिवेशन गर्ने तयारीमा छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.