पानामाका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'ब्लास पेरेज'

पानामाका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'ब्लास पेरेज'

पेरेज पानामा राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी हुन् । सिनियर राष्ट्रिय टोलीबाट एक सय १३ खेल खेल्दै ४३ गोल गरेका उनी पानामाका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । पानामाको राष्ट्रिय टोलीबाट लगातार चौथो पटक छनोट प्रतियोगितामा सहभागी भएपछि पहिलो पटक विश्वकप फुटबलको फाइनल चरणको खेल खेल्ने अवसर पाएका पेरेज यतिबेला उच्च फर्ममा पनि छन्।

पेरेजले विश्वकप छनोट प्रतियोगितामा मात्रै टोलीका लागि ११ गोल गरेका छन् । ग्वाटेमालाको क्लब मुनिसिपलबाट व्यावसायिक फुटबल खेल्दै आएका ३७ वर्षीय पेरेजले आफ्नो क्लबका लागि समेत यो सिजन १३ गोल गरेका छन् । उनी आफ्नो क्लबका पनि महत्वपूर्ण खेलाडी हुन् । उनको यही प्रदर्शनले बढ्दो उमेरका बाबजुद पेरेजको गोल गर्ने क्षमतामा अझै कमी नआएको देखाएको छ ।

त्यसैले पनि रुस विश्वकप फुटबलमा टोलीलाई अघि बढाउन पेरेजको भूमिका महत्वपूर्ण रहने अनुमान गरिएको छ । टोलीका लागि पेरेजको खेल मात्रै होइन, अनुभव पनि उत्तिकै महत्वपूर्ण हुनेछ । राष्ट्रिय टोलीबाट पहिलो विश्वकप फुटबल खेल्ने ऐतिहासिक अवसर पाएका पेरेजले यो अवसरलाई यादगार बनाउन गर्ने मेहनत रुस विश्वकपमा हेर्न लायकको हुनेछ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.