सुन तस्करीका ‘ठूला माछा’ को ? गृहमन्त्रीले भनेः साना र मझौला मात्रै पक्राउ परे

सुन तस्करीका ‘ठूला माछा’ को ? गृहमन्त्रीले भनेः साना र मझौला मात्रै पक्राउ परे

काठमाडौँः गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा लामो समयदेखि भइरहेको सुन तस्करीको अनुसन्धान गम्भीररुपमा भइरहेको बताएका छन् । गृहमन्त्रालयमा एक सय दिने प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले  सुन तस्करीमा ठूला माछा नसमातिई भुरा माछा मात्रै समातिए भन्नु अहिले नै उपयुक्त नहुने बताए । 

‘माछा मार्ने काम जारी छ, अनुसन्धान जारी छ । अहिले भुरा र मझौला परेका छन्’, थापाले भने, ‘अहिले अनुसन्धान जारी छ । आशा गरौँ ठुला माछा पनि पर्छन् र पर्नुपर्छ ।’ 

‘हिजो मात्रै एकजना माछा फेरि परेको छ । माछा मार्ने काम जारी छ’, थापाले विश्वास दिलाउँदै भने, ‘अनुसन्धान जटिल भएकाले अहिले नै निचोड निकालेर टिप्पणी गरिहाल्नु उचित हुन्न, हामी यसलाई टुंगोमा पुर्‍याउँछौँ ।’ 

साढे ३३ किलो सुन तस्करीबारे गृहमन्त्रालयले गठन गरेको छानबिन समितिमाथि विभिन्न प्रश्न उठिरहेका बेला मन्त्री थापाले यस्तो प्रष्टिकरण दिएका हुन् । मन्त्री थापाले पत्रकार सम्मेलनमा प्रष्टसँग अहिलेसम्म भुरा र मझौला माछा मात्रै परेको बताए । उनले ठुला माछा पनि पक्राउ पर्ने संकेत गरे । तर ती ठुला माछाबारे थप खुलाउन चाहेनन् । 

गुण्डा तह लाउँछौँ 

गृहमन्त्री थापाले पत्रकार सम्मेलनमा आफ्नो नेतृत्वमा गुण्डागर्दीलाई तह लाउने नीति बनाएको पनि बताए । ‘देशमा भ्रष्टाचार, तस्करी र गुण्डागर्दी छ भन्ने कुरा स्वतसिद्ध हो’, थापाले भने, ‘यी कुरा नियन्त्रण नगरी देशमा विकास सम्भव नै छैन ।’

मन्त्री थापाले सिन्डिकेटविरुद्ध सरकारले सही थालनी गरेको पनि बताए । ‘कानुनी दृष्टिमा सिन्डिकेट अन्त्य भएको छ तर व्यवस्थापनका लागि समय लाग्छ’, उनले भने, ‘अन्य मन्त्रालयहरुसँग समन्वय गरेर यसलाई हामी सदाका लागि हटाउँछौँ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.