सीजीको विश्वकप योजना : 'एक्स्ट्रा टाइमको गोल मै छ मज्जा'
काठमाडौं : इलेक्ट्रोनिक्स क्षेत्रमा ख्याति प्राप्त कम्पनी सीजीले विश्वकप प्रतियोगितालाई मध्य नजर गरी एलइडी टीभीमा 'एक्स्ट्रा टाइमको गोल मै छ मज्जा' नामक योजना ल्याएको छ।
कम्पनीले आफ्ना विभिन्न आकर्षक एवं गुणस्तरीय एलइडी टीभीमा 'एक्स्ट्रा टाइमको गोल मै छ मज्जा' नामक योजना ल्याएको हो।बुधबारदेखि सीमित अवधिका लागि देशभर लागू गरिएको उक्त योजनामा ग्राहले सीजीका २० इन्चदेखि ४३ इन्चसम्मको कुनैपनि नर्मल तथा स्मार्ट टीभी खरिद गरेमा एक्स्ट्रा ३० प्रतिशतसम्मको नगद छुट र ३ वर्षको वारेण्टी प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।
त्यसैगरी ग्राहकले सो भन्दा माथिका टीभीमा सीजीकै मल्टीमिडिया स्पिकर र ३ वर्ष वारेण्टी प्राप्त गर्न सक्नेछ। साथै सीजीका टीभी खरिद गर्ने ग्राहकध्ये प्रप्तेक हप्ता भाग्यसाली एकजनालाई सीजीकै अर्को एलइडी टीभी प्रदान गरिनेछ। साथै सीजीको अफिसिएल फेसबुक पेजको कन्टेस्टमा भाग लिने ग्राहकलाई दैनिक आकर्षक उपहार प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ।