चट्याङ लागेर हजुरआमा र नातीको मृत्यु
हेटौंडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिका ९ च्याउँच्याउमा चट्याङ लागेर हजुरआमा र नातीको मृत्यु भएको छ।
मंगलबार राति च्याउँच्याउमा चट्याङले ५५ वर्षकी छलीमाया थिङ र उनका १५ महिने नाती देव थिङको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप झाले जानकारी दिए।
चट्याङ लागेर घाइते भएका स्थानीय २२ वर्षीया निर्मला भ्लोन, पाँच वर्षीय निमेष भ्लोन, दुई वर्षीया निशा भ्लोन र छ वर्षीय राजु थिङ उपचारपछि घर फर्किसकेका छन्।