‘राजपाले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ’

‘राजपाले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ’

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजापा) नेपालका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने बताएका छन्। 

बुधबार राजधानीमा आयोजित साक्षात्कारमा नेता सुमनले मधेस आन्दोलनको भावनाविपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाउँदै नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढी मात्रै भएकाले आफ्नो पार्टी सरकारबाट बाहिरिने स्पष्ट पारे। 

पार्टीको राजनीतिक समितिको आगामी २५ गते बस्ने बैठकबाट प्रदेश २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने उनको भनाइ छ।

‘झुट बोल्नेलाई हामी समर्थन गर्दैनौँ, संविधान संशोधन गर्ने विषयमा झ विश्वास देखाएर झुट बोल्ने काम भयो, आगामी २५ गतेको बैठकबाट दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं’, महासचिव सुमनले भने। 

उनले नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौं मत दिनुहोस् भनेर ढाँटेको आरोप समेत लागाए। रासस 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.