नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता
काठमाडौं : एकीकरणपछि बनेको नयाँ कम्युनिस्ट पार्टी (नेकपा) बुधबार निर्वाचन आयोगमा दर्ता भएको छ।
जेठ ३ गते नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भएको थियो। एकीकररणकै दिन नेपाल कम्युनिस्ट पार्टीको नामबाट दल दर्ताको लागि माग गरेको थियो। तर, उक्त पार्टी क्रषि कट्टेलको नेतृत्वमा पहिल्यै दर्ता भएपछि अन्डरलाइन राखेर पार्टी दर्ता गर्न माग गरेको थियो।
यद्यपी त्यो नाम अप्ठेरो भएको भन्दै केही दिन अगाडि मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्न माग गर्दै आयोगमा निवेदन दिइएको थियो। नेकपा दर्ता भएसँगै आयोगमा दर्ता दलको संख्या १२५ पुगेको छ। राष्ट्रिय पार्टीको संख्या भने चारमा सीमित भएको छ। नेकपाको अध्यक्ष प्रधनमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।