अन्डरलाइन हटाउँदै ब्राइकेट राखेर आयोगमा नेकपा दर्ता

अन्डरलाइन हटाउँदै ब्राइकेट राखेर आयोगमा नेकपा दर्ता

काठमाडौँः नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बुधबार निर्वाचन आयोग नेपालमा दर्ता भएको छ । दुवै पार्टीबीच गत जेठ ३ गते एकताको घोषणा भएपछि अन्डरलाइन राखेर नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको थियो । 

तर नेकपाका नेताहरुले विभिन्न पक्षको सुझाव लिएर निर्वाचन आयोगमा (नेकपा) दर्ता गरिएको जनाएका छन् । दुई पार्टी मिलेर बनेको नयाँ पार्टी अब विधिवत रुपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको छ । 

नेपाल कम्युनिस्ट पार्टी भनिए पनि आयोगमा भने देशै सबैभन्दा ठुलो दलका रुपमा ब्राइकेट भित्रको (नेकपा) दर्ता भएको हो । एकताका क्रममा नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो । 

तर निर्वाचन आयोगमा यसअघि नै ऋषि कट्टेलले नेपाल कम्युनिस्ट पार्टी दर्ता गरिसकेकाले त्यही नाममा दर्ता गर्न समस्या भएपछि नाममा अन्डरलाइन राखेर आयोगमा निवेदन दिइएको थियो । 

निर्वाचन आयोगका कानुन अधिकृत अरुणकुमार झाले बुधबार निकालेको विज्ञप्तीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण गरी बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता भएको जनाइएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.