नेकपाको दस्तावेज र विधान टुंगियो

नेकपाको दस्तावेज र विधान टुंगियो

काठमाडौं : नेकपाको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन सम्पादनसहित बुधबार टुंगिएको छ। मंगलबार दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलबीच प्रधानमन्त्री निवास बालुवाटारमा दुवै प्रतिवेदनको सम्पादन गर्नुपर्नेबारे भएको छलफलका आधारमा अध्यक्ष दाहालले बुधबार अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन सम्पादन गरेका हुन्।

‘अध्यक्षले प्रतिवेदन सम्पादन टुंग्याउनु भएको छ’, दाहालका प्रेस सल्लाहकार विष्ण्ुा सापकोटाले भने, ‘दुवै अध्यक्षबीचको छलफल र सहमतिका आधारमा उहाँले सम्पादन सक्नुभएको हो, अब एकपटक ओली कमरेडले हेरेपछि छाप्न पठाइन्छ।’ ३ चैतमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले निर्वाचन आयोगमा बुझाइएको घोषणापत्र, अन्तरिम विधान र राजनीतिक प्रतिवेदन सम्पादन गर्ने जिम्मेवारी दुई अध्यक्षलाई दिएको थियो। १५ दिनभित्र ती दस्तावेज सम्पादन गरिसक्ने र त्यसपछि केन्द्रीय कार्यालयले प्रकाशन गर्ने निर्णय समितिले गरेको थियो। सम्पादित दस्तावेजमा ‘माओवादी जनयुद्ध’ ले राजनीतिक परिवर्तमा खेलेको भूमिका प्रष्ट्याएको छ भने आन्दोलनको नेतृत्वकर्ताका रूपमा दाहालको नाम पनि राजनीतिक दस्तावेजमै उल्लेख छ।

यसअघि माओवादी ‘जनयुद्ध’ले राजनीतिक परिवर्तनमा महŒवपूर्ण भूमिका खेलेको उल्लेख गरिए पनि आन्दोलनको नेतृत्वकर्ता दाहालको नाम समेटिएको थिएन। ‘माओवादी जनयुद्धले महिला, दलित, मधेसी, जनजाति र पिछडिएका समुदायलाई जागृत र संगठित गर्न, राजनीतिमा समावेशीकरणलाई स्थापित गर्न र गणतन्त्र स्थापनाका लागि महŒवपूर्ण भूमिका खेलेको र त्यसको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेको’ दस्तावेजमै समेटिएको छ।

नेकपाले अब पार्टीको राजनीतिक कार्यदिशा ‘समाजवाद उन्मुख जनताको जनवाद’ बनाउने यसअघि नै पार्टी घोषणाको संयुक्त दस्तावेजमै उल्लेख गरेको थियो। अहिलेसम्म प्राप्त उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक, आर्थिक रूपान्तरणमार्फत नेपालको संबिधान संशोधन एवं परिमार्जन गर्दै जानुपर्ने आवश्यकतालाई मध्यनजर गर्ने दिशामा पार्टी अग्रसर हुने राजनीतिक प्रतिवेदनमा विशेष जोड दिइएको छ।

 अध्यक्षद्वय ओली र दाहाललाई विधानमा समान अधिकारको व्यवस्था छ। पार्टी निर्णय दुवै अध्यक्षले हस्ताक्षर गरी आन्तरिक पार्टी कमिटीमा सर्कुलर गर्ने, आपसी समझदारीका आधारमा पार्टी बैठक बोलाउन लगाउने अधिकार अध्यक्षद्वयलाई विधानले व्याख्या गरेको छ।

नेकपाले अवलम्बन गर्ने राजनीतिक कार्यदिशा पूरा गर्ने बाटो शान्तिपूर्ण संर्घष र शान्तिपूर्ण प्रतिस्पर्धालाई नै बनाउने दस्तावेजमा छ। सम्पादित प्रतिवेदनमा उल्लेख छ, ‘संविधानको कार्यान्वयन र विकास, शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् सरकार निर्माण, राष्ट्रिय स्वाधीनता एवं हितको रक्षा, समाजवादउन्मुख समावेशी लोकतन्त्रको सफल प्रयोग, सामाजिक न्यायसहितको समृद्धि र समाजवादको आधार निर्माण नै हाम्रो मूल राजनीतिक कार्यनीति हो। यो मूल राजनीतिक कार्यनीति तत्कालै फेरबदल हुने सामान्य कार्यनीति होइन। यसले सापेक्ष रुपमा लामो अवधिसम्म हाम्रो समाज, राजनीति र वर्गसंघर्षलाई दिशा निर्देशित गर्नेछ।’

अध्यक्षलाई समान अधिकार

अध्यक्षद्वय ओली र दाहाललाई विधानमा समान अधिकारको व्यवस्था छ। पार्टी निर्णय दुवै अध्यक्षले हस्ताक्षर गरी आन्तरिक पार्टी कमिटीमा सर्कुलर गर्ने, आपसी समझदारीका आधारमा पार्टी बैठक बोलाउन लगाउने अधिकार अध्यक्षद्वयलाई विधानले व्याख्या गरेको छ।

महासचिवलाई भने अध्यक्षको परामर्शमा पार्टीको नीति, निर्णय कार्यान्वयनका लागि योजना तयार गरी बैठकमा पेस गर्ने, अध्यक्षको परामर्शमा स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी, राष्ट्रिय परिषद् बोलाउने र कार्यसूची तयार पार्ने, स्थायी, पोलिटब्यूरो र केन्द्रीय समितिमा संगठनात्मक प्रतिवेदन प्रस्ततु गर्नेजस्ता अधिकार विधानमा छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.