‘टिमलिडर’ बर्खास्त : दसैंअघि मेलम्चीको पानी कठिन

‘टिमलिडर’ बर्खास्त : दसैंअघि मेलम्चीको पानी कठिन

काठमाडौं ः ठेकेदारले एक अर्ब ६५ करोड क्षतिपूर्ति मागेर एक महिनादेखि काम ठप्प पारेको मेलम्ची खानेपानी आयोजनाका ‘टिमलिडर’लाई परामर्शदाता कम्पनी इप्टिसाले बर्खास्त गरेको छ। ठेकेदारले मागेको रकमबारे ‘डिस्प्युट बोर्ड’मा विचाराधीन रहेको र शुक्रबार सुनुवाइ हुने तय भएको अवस्थामा दुई दिनअघि बुधबार टिमलिडर थोमस बेर्बेरिचलाई बर्खास्त गरेपछि मेलम्चीको विषय थप पेचिलो बनेको हो।

धेरै पटक समय किटान गरेको सरकारले यो दसैंमा काठमाडौंमा पानी ल्याउने अन्तिम मिति तोके पनि ठेकेदारका कारण काम ठप्प भएपछि यसै भन्न नसकिने अवस्था सिर्जना भएको छ। मेलम्चीको सुरुङका लागि अम्बाथानको करिब तीन हजार पाँच सय क्युबिक मिटर चर्किएको डाँडो काट्नुपर्नेमा भूकम्पले योजनाभन्दा तीन गुणा बढी काट्नुपर्ने अवस्था निम्त्याएपछि ठेकेदारले क्षतिपूर्तिबापत थप रकम मागेको थियो।

ठेकेदार कम्पनी सीएमसीले भूकम्पका कारण पाँच सय ४० दिनभन्दा बढी लागेको र जनशक्ति, स्रोतसाधन र अन्य थप कामका लागि झन्डै एक अर्ब ६५ करोड रुपैयाँ दिनुपर्ने माग राख्दै आएको छ। सरकारले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेपछि छानिएको परामर्शदाता कम्पनी इप्टिसाले ८० दिन थप्नुपर्ने र सोबापत २८ करोड रुपैयाँ मात्र क्षतिपूर्ति दिनुपर्ने सिफारिस गरेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज बीसीले जानकारी दिए।

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले डिस्प्युट बोर्डमा शुक्रबार हुन लागेको सुनुवाइको दुई दिनअघि इप्टिसाले इन्जिनियरको टिमलिडरलाई बर्खास्त गर्नुमा चलखेल गरेको बताइन्। ‘टिमलिडर थोमसलाई बर्खास्त गरेपछि बोर्डमा हुने सुनुवाइ प्रभावित हुनेछ, यो नियोजित ढंगले भएको छ’, उनले भनिन्। इप्टिसासँग मेलम्ची खानेपानी विकास समितिले गरेको सम्झौताको बुँदा नं ३० मा टिमलिडर हेरफेर गर्नुपरे सहमतिमा गर्नुपर्छ। बिनासल्लाह बर्खास्त गरेपछि समितिले चासो राख्दा इप्टिसाले बुधबार साँझ क्षमा मागेको छ। यस्तो काम गर्नुअघि मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई पनि जानकारी दिनुपथ्र्यो। सीएमसीले यसअघि सातवटा यस्तै विषय डिस्प्युट बोर्डमा पु¥याएको र छवटा जितेको थियो।

बिनासल्लाह बर्खास्त गरेपछि समितिले चासो राख्दा इप्टिसाले बुधबार साँझ क्षमा मागेको छ।

सन् २००८ मा चिनियाँ कम्पनीलाई ठेक्का दिएकोमा चार किलोमिटरमात्र सुरुङ खनेर काम नगरेपछि सरकारले सन् २०१३ मा ठेक्का रद्द गरेको थियो। त्यसपछि सोही वर्ष इटालियन कम्पनी सीएमसीलाई ठेक्का दिएको थियो। १७ करोड लिटर पानी काठमाडौं ल्याउन करिब २७ किलोमिटर सुरुङ खन्नुपर्नेमा सीएमसीले २३ किलोमिटर खनेर त्यसलाई फिनिसिङ गरिरहेको थियो। मन्त्रालयसँग बनाएको कार्ययोजनाअनुसार काम गर्ने हो भने ढिलोमा साउन दोस्रो साता सुन्दरीजलमा पानी झर्नेछ। सीएमसीले पौने नौ अर्ब पाउनुपर्नेमा हालसम्म सात अर्ब ८० करोड रुपैयाँ भुक्तानी पाइसकेको समितिका निर्देशक रामचन्द्र देवकोटाले बताए। ‘चार वर्षको अवधिमा करिब ४५ करोड रुपैयाँ पेश्की लगेको छ’, उनले भने। मन्त्रालयले सीएमसीको केन्द्रीय कार्यालय इटालीलाई पाँच दिनअघि सीएमसीका बारेमा अन्तिम टुंगो लगाउन चेतावनीपत्र लेखेको छ। पत्रको जवाफ १५ दिनभित्र आउने मन्त्रालयको भनाइ छ। कार्ययोजनाअनुरूप काम भए÷नभएको बुझ्न मन्त्रालयका सचिव बीसीको टोली सीएमसीले भनेकै मितिमा जेठ १६ गते मेलम्ची पुग्दा एक महिनादेखि काम नभएको पाइएपछि सरकारलाई मेलम्चीको यो मुद्दा पेचिलो बन्न पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.