चीन–भारत सम्बन्ध : दुई देशबीच सहमति

चीन–भारत सम्बन्ध : दुई देशबीच सहमति

प्रिटोरिया : चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीच थुप्रै विषयमा आम सहमति भएको बताएका छन् । ब्रिक्सको मन्त्रीस्तरीय सम्मेलनमा बोल्दै वाङले यस्तो खुलासा गरेका हुन् ।

उनले भारतीय समकक्षी सुषमा स्वराजसँग केही असहमति भए पनि अधिकांशमा सहमति भएको बताएका हुन् । स्वराज र वाङ ब्रिक्स (ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका)का विदेशमन्त्रीको बैठकमा सहभागी थिए । बैठकका क्रममा दुवै नेताले द्विपक्षीय र बहुपक्षीय सहयोग कायम राख्ने चर्चा पनि गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वुहानमा अनौपचारिक बैठक भएको एक महिनापछि ब्रिक्स सम्मेलनको बैठक बसेको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले विदेशमन्त्री वाङलाई उद्धृत गर्दै भनेको छ, ‘चीन र भारतका व्यापक साझा हित छन् ।’

चिनियाँ विदेशमन्त्री वाङले चीन र भारतबीचको सहकार्यबाट दुवै देशको विकास हुने उनले स्पष्ट पारेका छन् । यसबाट पूरै संसार लाभान्वित र मानव सभ्यताको प्रगतिमा योगदान हुने वाङको तर्क छ । उनले चीन र भारतका नेताबीच भएको सहमतिअनुसार सीमावर्ती इलाकामा शान्ति एवं स्थिरता कायम गरिने खाबी गरेका छन् । चीन र भारत दुवैले आपसी तालमेल गरेर ब्रिक्स संगठन, सांघाई सहयोग संगठन (एससीओ) र अन्य बहुपक्षीय मञ्चमा रचनात्मक भूमिका खेल्नुपर्ने वाङको आग्रह छ ।

चीन–भारतबीच सुमधुर सम्बन्ध बन्दै ः भारत

बेइजिङ ः चीन र भारतबीच सीमा विवाद भए पनि निरन्तर मजबुत सम्बन्ध विस्तार भएको चीनका लागि भारतीय राजदूत गौतम बम्बालले बताएका छन् । डोकलाम विवाद देखा परे पनि त्यस्तो नहुने उनले बताएका छन् ।

केही विषमा सामान्य मतभेद भए पनि त्यसले अब बखेडा खडा नगर्ने उनको भनाइ छ । दुवैको लक्ष्य विकास भएकाले सीमा क्षेत्रमा तनाव भए पनि शान्तिपूर्ण समाधान निकालेको गौतमले स्पष्ट पारे । दुवै देश मिलेर लगातार प्रगति र समृद्धिका लागि काम गर्ने यनको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय वार्तापूर्व चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई दिएको अन्तर्वार्तामा राजदूत गौतमको भनाइ आएको हो ।

मोदी पुनः शनिवार चीन भ्रमण गर्दै छन् । उनले वुहानमा मोदी र सीबीचको भेटवार्तालाई दुई देशका नेताबीचको ‘रणनीतिक संवाद’ भएको खुलासा गरेका छन् । दुई नेताबीच केही सहमति भएको बताउँदै भारत र चीन प्रगति र आर्थिक विकासमा आपसी सहयोग गर्न तयार भएको उनको भनाइ छ । त्यसैगरी भारत र चीनबीच मतभेदभन्दा निकै समानता भएको उनले बताएका छन् ।

सांघाई सहयोग संगठनमा गत वर्ष भारत र पाकिस्तानलाई औपचारिक रूपमा सहभागी गराइएको थियो । क्विङताओमा आयोजना हुने सम्मेलनले मतभेद बिर्सेर एक साथ काम गर्ने सन्देश आउने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.