सलाहमाथि निर्भर इजिप्ट

सलाहमाथि निर्भर इजिप्ट

कायरो : इजिप्ट २८ वर्षपछि फेरि विश्वकप फुटबलमा फर्किएको छ । इजिप्टको यो विश्वकप फड्कोले फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा मोहम्मद सलाहको उदय र इजिप्सियन फुटबलले पाएको पुनर्जीवनको प्रतिनिधित्व गरेको छ । इजिप्टको घरेलु फुटबलले सन् २०१२ को मध्यतिर ठूलो दुर्घटनामा बेहो¥यो । घरेलु फुटबलको एक प्रतिस्पर्धाका क्रममा स्टेडियमभित्रै झडप हँुदा ७४ समर्थकको मृत्यु भयो । त्यससँगै सरकारले फुटबलमाथि दुई वर्षको प्रतिबन्ध लगायो ।

सोही समयतिर राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका सलाहलाई पनि त्यो निर्णयले ठूलो असर ग¥यो । यद्यपि स्विट्जरल्यान्डको क्लब एफसी बासेलले इजिप्टमा गरेको एक मैत्रीपूर्ण खेलपछि सलाहलाई आफूसँगै अनुबन्ध गर्ने निर्णय ग¥यो । त्यो निर्णयपछि सलाह इजिप्टको मात्रै होइन, युरोपेली क्लब फुटबलकै सशक्त खेलाडीका रूपमा उदाए । सलाह बासेलपछि इङ्लिस क्लब चेल्सी, इटालियन क्लब फियोरेन्टिना, एएस रोमा हुँदै अहिले लिभरपुलका मुख्य खेलाडीका रूपमा स्थापित छन् ।

दुई वर्षको घरेलु प्रतिबन्धपछि फर्किएको इजिप्टको फुटबल अहिले सलाहकै उत्कृष्ट प्रदर्शनमा झन्डै तीन दशकपछि विश्वकप फुटबलमा पुगेको छ । इजिप्टले आगामी जुन १५ मा उरुग्वेविरुद्ध खेल्दै रुस विश्वकपमा आफ्नो यात्रा सुरु गर्दा अन्तर्राष्ट्रिय फुटबलले इजिप्सियन फुटबलले पाएको पुनर्जीवनको कथाको खुलेर प्रशंसा गर्नेछ । यद्यपि त्यसले इजिप्ट र सलाहमाथि अझ राम्रो प्रदर्शन गर्नुपर्ने दबाब पनि थप्नेछ ।

विश्वकपमा इजिप्टको इतिहास भने राम्रो छैन । यसअघिका दुई विश्वकपमा इजिप्टले एउटा पनि खेल जित्न सकेको छैन । इजिप्ट यस्तो टोली पनि हो, जसले अफ्रिकी महादेशमा हात पारेकोमध्ये थोरै प्रतिशत पनि सफलतालाई विश्वकप फुटबलमा दोहो¥याउन सकेको छैन । इजिप्ट अफ्रिकी कप अफ नेसन्सको सर्वाधिक उपाधि जित्ने टोली हो । इजिप्टले अहिलेसम्म सातपटक यो उपाधि जितेको छ ।

त्यसैले रुसमा सलाह र उनको नेतृत्वमा रहने टोलीमाथि इजिप्टलाई पहिलो जित दिलाउने र सम्भव भएसम्म उपाधितर्फको बाटोमा अघि बढाउने जिम्मेवारी रहनेछ । यद्यपि पछिल्लो मैत्रीपूर्ण खेल र महŒवपूर्ण खेलाडी सलाहको चोटले इजिप्टमाथि केही दबाब भने थपेको छ । च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रिडविरुद्ध खेल्ने क्रममा चोटग्रस्त बनेका सलाहले उरुग्वेविरुद्धको पहिलो खेल गुमाउने भएका छन् । त्यसमाथि यो वर्ष खेलेका चार मैत्रीपूर्ण खेलमा इजिप्ट जितविहीन छ । इजिप्टले पोर्चुगल र ग्रिससँग पराजय बेहोरेको छ भने कुवेत र कोलम्बियासँग बराबरी खेलेको छ ।

इजिप्टको टोली

गोलरक्षक: इसाम इल हादरी (अल तावन एफसी), सेरिफ इकरामी (अल अस्ली एससी) र मोहमद इलनेनावी (अल अस्ली एससी)

रक्षक: अली गाबर (वेस्ट ब्रोमविच), अहमेद इलमोहामादी (एस्टन भिल्ला), अहमेद हेगाजी (वेस्ट ब्रोमविच), अहमेद फतही (अल अहली), यमन असरफ (अल अहली), मोहम्मद अब्देलसाफी (अल फतेह), महमद हाम्दी (जमालेक) र समिर साद (अल अहली)

मिडफिल्डर: ओमार गाबर (लस एन्जेलस), साम मोर्सी (विगन एथलेटिक), तारेक हामेद (जमालेक), मोहम्मद इलनेनी (आर्सनल), अब्दल्ला सइद (कुवपिवन पीएस) र ट्रजेगुइस्ट (कासिमपासा एसके)

स्ट्राइकर: मर्वान मोहसेन (अल अहली), मोहमद सलाह (लिभरपुल), कहरवा (अल इत्तिहाद), रमदान सोभी (स्टोक सिटी), सिकबाल (अल रइद) र अमर वार्दा (अट्रोमिटोस)

प्रशिक्षक: हेक्टोर कुपर

इजिप्टको खेल

समूह ‘ए’

जुन १५: उरुग्वेविरुद्ध

जुन १९: रुसविरुद्ध

जुन २५: साउदीविरुद्घ

इजिप्ट

विश्वकप सहभागिता: दोस्रोपटक

उपलब्धि: समूहगत चरण

फिफा वरीयता: ४६


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.