नेकपासँग तत्काल एकता सम्भव छैन : उपेन्द्र यादव

नेकपासँग तत्काल एकता सम्भव छैन : उपेन्द्र यादव

काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेका छन्। नेकपासँग फोरमको एकता हुन लागेका समाचारहरू सञ्चारमाध्यममा आएका भन्दै उनले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका हुन्।

'संघीय समाजवादी फोरम नेपालले वैशाख २१ गतेको केन्द्रीय समिति बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलसँग एकीकरण गर्न सकिने निर्णय गरेको उल्लेख गर्दै अध्यक्ष यादवले नेकपासँग तत्काल एकता सम्भव नभएको विज्ञप्तिमा उल्लेख गरेका छन्। 'पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार हुँदैछ', विज्ञप्तिमा भनिएको छ।

संघीय समाजवादी फोरम उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको छ। अध्यक्ष यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् भने मोहम्मद इश्तियाक राई सहरी विकास मन्त्री छन्। 

हेर्नुस् विज्ञप्ति


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.