बुरुन्डीसँग नेपालको कुटनीतिक सम्बन्ध गाँसियो
काठमाडौं : नेपाल र अफ्रिकी मुलुक बुरुन्डीबीच दौत्य सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदूत दुर्गाप्रसाद भट्टराई र राष्ट्रसंघका लागि बुरुन्डीका स्थायी प्रतिनिधि अल्बर्ट शिंगिरोबीच न्यु योर्कमा औपचारिक द्वीपक्षीय कुटनीतिक सम्बन्ध स्थापना गर्ने सहमति भएको हो।
उनीहरूले कुटनीतिक सम्बन्ध कायम भएकोबारे संयुक्त राष्ट्रसंघका महासचिवलाई जानकारी गराइसकेका छन्। उनीहरूले संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय मञ्चमा दुई देशबीच सहकार्य हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बुरुन्डी पनि नेपाल जस्तै अल्पविकसित तथा भूपरिवेष्टित देश हो दुबै देश असंलग्न आन्दोलनका सदस्य हुन्।