प्रदेश २ को नीति तथा कार्यक्रम : कृषिमा विशेष जोड
जनकपुर : बिहीबार प्रदेश २ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । नीति तथा कार्यक्रममा कृषिमा विशेष जोड दिइएको छ । दुई वर्षभित्र भूमि बैंकको स्थापना, प्रदेश सहकारी बोर्ड गठन, डेरी विकास बोर्ड, मत्स्य विकास बोर्ड, तरकारी तथा फलफूल विकास बोर्ड गठन गर्नेलगायत घोषणा गरिएको छ ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा माटो परीक्षण, बाली संरक्षण प्रयोगशाला, खाद्यान्न जाँच प्रयोगशाला स्थापना र भएका प्रयोगशालाको स्तारोन्नति गर्ने घोषणा गरेका छन् ।