विश्वकपका पाँच ठूला विवाद: अमेरिका र बेलायतसँग किन झुकेन रसिया ?

विश्वकपका पाँच ठूला विवाद: अमेरिका र बेलायतसँग किन झुकेन रसिया ?

काठमाडौँ: रूसमा हुन लागेको फिफा विश्वकप २०१८ सुरु हुन अब एक हप्ता मात्रै बाँकी छ । विश्वकप सुरु हुनु अघि एउटा नयाँ विवाद सुरु भएको छ। 

ताजा विवाद मेक्सिकोको फुटबल टिमलाई लिएर सुरु भएको हो । सञ्चारमाध्यमका अनुसार रूस उड्नुअघि मेक्सिको फुटबल टिमका कयौँ खेलाडीले यौनकर्मीसँग पार्टी गरेका छन् । तर पनि यो कुरालाई लिएर व्यवस्थापन टिमले खेलाडीलाई सफाइ दिएको छ । व्यवस्थापन टिमले खाली समयमा खेलाडीले मनोरञ्जन गर्न पाउने जनाएको छ ।

रूसलाई सन् २०१० मा विश्वकप आयोजना गर्न दिने घोषणा भएको थियो । त्यसपछि फुटबल विश्वकपलाई लिएर विवाद भइरहेको छ ।  केही विवाद यस्ता पनि छन् जुन यसअघि कहिले पनि भएका थिएनन् । यिनमा कुकुरको संहारलाई लिएर रुसको तुलना नाजी हिटलरको जर्मनीसँग गर्नेसम्मका छन् । 

१. पहिलो विवाद: २० लाख सडक कुकुर मारियो 

विश्वकप भन्दा पहिले ११ सहरमा २० लाख भुस्याहा कुकु र बिरालो मार्न आदेश दिएपछि रुसको आलोचना भएको छ । कुकुर बिरालो मार्नैका लागि रुसले करिब २० लाख करोडको सम्झौता गरेको छ । यी ११ सहर ती हुन् जहाँ विश्कप फुटबलका खेल हुँदैछन् । 

कुकुर र बिरालोलाई मार्ने टोलीको नाम 'कैनी केजीबी' राखिएको छ । यसभन्दा पहिले रूसकै सोचीमा भएको विन्‍टर ओलम्पिक भन्दा पहिले हजारौँ भुस्याहा कुकुरको ज्यान लिइएको थियो । 

  • किन यस्तो ?

रुसका यी ११ सहरमा कुकुरर बिरालोको ठुलो संख्या छ । पशु अधिकारका लागि काम गर्ने संस्थाहरुले सरकारले केबल आफ्नो छबि सुधार्ने नाममा कुकुर बिरालोको संहार गरिरहेको आरोप लगाएका छन् । यहाँसम्मकि हजारौँ पंक्षीलाई पनि जिउँदै जलाइएको छ । 

  • सरकारले के भन्यो ?

यस विवादमा रूसका उप प्रधानमन्त्री विटाली मुट्कोले समेत बोल्नुपर्‍यो । उनले यस विवादमा पशुअधिकारवादीहरुसँग सम्बाद पनि गरेका थिए । उनले त्यसबेला पशुलाई नमारी कुनै सेल्टरमा बन्द गरिने बताएका थिए । तर उपप्रधानमन्त्रीको आश्वासन विपरित कुकुर बिराला मार्न थालिएको हो । 

२. दोस्रो विवाद: पैसा दिएर विश्वकप आयोजना

डिसेम्बर २०१० मा  विश्वकप २०१८ का लागि रूसको नाम घोषणा गरियो । ब्रिटेन, नेदरल्यान्ड्स र पोर्चुगल जस्ता दावेदारबीच रूसको छनौटलाई आश्चर्य मानियो । यसक्रममा रुसमाथि फिफाका अधिकारीलाई पैसा दिएर आफ्नो पक्षमा पारेको आरोप पनि लगाइयो । 

  • किन उठ्यो प्रश्न ? 

विश्वकप आयोजनाको टुंगो लाग्नुअघि सन् २००९ मा रूसले फुटबल स्टेडियम र प्रमुख शहरमा विशाल पुर्वाधार निर्माणका लागि १२ अर्ब डलर खर्च गर्ने घोषणा गरेको थियो । 

यसबाट विश्वकपको आयोजक घोषणा हुनुअघि नै रुसले कसरी यस्तो लगानी गर्दैछ भन्ने गम्भीर प्रश्न उठेको थियो । त्यसपछि जब रूसको नाम घोषित गरियो तब यो आरोपलाई थप बल मिल्यो । 

  • के भयो ?

आरोपको जाँचका लागि फिफाको अनुशासन कमिटिले जाँच समिति नै बनायो । माइकल गार्सियालाई जाँच कमिटीका प्रमु तोकियो । उता अमेरिकन महान्यायाधीवक्ताले पुरा मामिलाको आफ्नो तहमा जाँच गर्ने घोषणा गरे । 

यसबारे सन् २०१७ मा पुरै प्रतिवेदन सार्वजनिक गरियो । यो प्रतिवेदन खनेको पहाड निस्कियो मुसो जस्तै भयो । त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटरलाई हटाउनका लागि अमेरिकाले चालेको कदम भएको आरोप लगाए । 

३. तेस्रो विवाद: रूसी जासुसको ब्रिटेनमा हत्या

यसै वर्ष मार्च ४ तारिखमा रूसको जासुस एजेन्सीका पूर्व अधिकारी सर्जेई स्क्रिपल र उनकी छोरी यूलिया बेलायतको सेलिस्बरीमा मृत भेटिए । जाँचमा उनीहरुलाई विष दिएर हत्या गरेको कुरा सार्वजनिक भयो । 

सन् १९९० को दशकमा स्क्रिपलले डबल एजेन्ट (दोहोरो भूमिका) को काम गरेका थिए । बेलायतकव जासुस एजेन्सीका लागि काम गरेको आरोपमा उनलाई रूसमा गिरफ्तार गरिएको थियो । त्यसपछि उनी बेलायतमा बस्दै आएका थिए । 

  • के हो विवाद?

सर्जेईको हत्यालाई ब्रिटिश सरकारले धेरै गम्भीरतासँग लिएर यसका लागि रूसलाई जिम्मेवार मान्यो। यसले दुवै देशको सम्बन्ध बिग्रियो । ब्रिटेनका विदेश मन्त्री बोरिस जोनसनले त रूसको तुलना नाजी जर्मनीसँग तुलना गरे । यसमा रुसले पनि कडा प्रतिक्रिया दियो । त्यो बेला ब्रिटेनले रुसमा हुने विश्वकप बहिष्कार गर्नुपर्ने सम्मको आवाज उठ्यो । 

  • कसरी भयो समाधान 

बेलायतको सबैभन्दा लोकप्रिय खेल फुटबल हो । यस्तोमा सरकारले ब्रिटिश फुटबल टिमलाई रुस पठाउने घोषणा त गर्‍यो तर उसले उद्घाटनदेखि समापनसम्म कुनै पनि कार्यक्रममा आफ्ना मन्त्री भाग नलिने पनि उद्घोष गर्‍यो । 

बेलायतको राजपरिवारले पनि रुसमा हुने फिफा विश्वकप बहिष्कार गर्ने निर्णय गर्यो । फिफा विश्वकपको इतिहासमै पहिलो पटक कुनै राजपरिवारले यस्तो कदम चालेको यो पहिलो पटक हो । 

४. चौथो विवाद: डोपिङ 

सन् २०१४ मा जर्मनीको प्रसारण संस्था आएरडी एक रिपोर्ट प्रकाशित गर्दै रूसमा सन् २०११ मै सरकारको सहयोगमै  डोपिङ्ग गरिएको जनायो । 

सन् २०१५ मा विश्व एन्टी डोपिङ्ग एजेन्सी (वाडा) ले आफ्नो रिपोर्टमा रूसको आलोचना गरेको थियो । नोभेम्बर २०१५ मा इन्टरनेशनल एसोसिएशन अफ एथलिट्स फेडरेशन्सले रूसका कयौँ खेलाडीलाई एथलिट्स कार्यक्रममा भाग लिन नदिन आजीवन प्रतिबन्ध लगायो । 

  • के भयो विवाद?

डोपिङ्ग विवादपछि वाडाले रिचर्ड म्याकलारेनको अगुवाईमा जाँच कमिटी बनायो। यस जाँच कमिटीले सन् २०११ देखि सन् २०१५ को बीचमा रुसका करिब १ सय खेलाडीलाई औषधि दिइएको जनायो । 

यीनमा ३३ फुटबलर पनि सामेल थिए । यस विवादपछि रुसको फिफा विश्वकप गर्ने क्षमतामा कयौँ प्रश्न उठाइयो । बेलायत र स्वीट्जरल्यान्डले रुसबाट विश्वकप आयोजकको भूमिका खोस्ने प्रयास पनि गरे
 । 

५. पाँचौँ विवाद : क्रिमियामा कब्जा

सन् २०१४ मा रूसले क्रिमियालाई युक्रेनबाट अलग गराएर आफ्नो देशमा गाभ्यो । यसलाई लिएर बेलायत र अमेरिकाले रुसको तुलना हिटलरको नाजी जर्मनीसँग गरे । 

बेलायत र अमेरिकी सांसदहरुले फिफा अध्यक्ष सेप ब्लाटरलाई पत्रर लेखेर रुसबाट फिफा विश्वकप आयोजकको अधिकार खोस्न माग गरेका थिए । तर ब्लाटरले यस मागलाई खारेज गरिदिए । ब्लाटरले आयोजनाको जिम्मा दिइसकेकाले अब पछि हट्न नसकिने बताएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.