सर्लाहीलाई हराउँदै जावालखेल विजयी
मलंगवा : लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो दिन जावलाखेल युथ क्लब ललितपुर सर्लाहीमाथि टाइब्रेकरमा ४-५ गोल अन्तरले विजयी भएको छ।
समय अभावका कारण ७० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल ट्राइबे्रकरमा पुगेको थियो। खेलको पहिलो हाफको ३२ औं मिनेटमा सर्लाही तर्फबाट सनी चौधरीले गोली गर्दै अग्रता दिलाए पनि दोस्रो हाफको ५ औं मिनेटमा जावलाखेल युथ क्लबका सोलोले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोल भएपछि खेल बराबरीमा सकिएको थियो। पहिलो हाफमा सर्लाहीले गोल गरेपछि जावलाखेल दबाबमा देखिएको थियो। दोस्रो हाफको खेलमा सर्लाहीले सुरुदेखि नै रक्षात्मक खेल देखाए पनि डिबक्स भन्दा केही मिटरको दुरीमा फलबाट पाएको फ्रि किकलाई जावलाखेलका सोलोले गोल गरेपछि खेल बराबरीमा सकिएको थियो।
ट्राइबे्रकरमा पहिलो ४ ओटा बल दुबै टिमले गोलमा परिणत गरेपनि सर्लाहीको तर्फबाट सनीले प्रहार गरेको अन्तिम बललाई जावलाखेलका गोल किपर अजय थापाले रक्षा गरेपछि जावलाखेल खेलमा बाट अन्तिम बल प्रहार गर्न आएका जावलाखेलका सोलोले गोल गरेपछि जावलाखेल विजयी बनेको हो।
शुक्रवारको खेल भारतका सिक्कमी ११ र सशस्त्र प्रहरीका एपी एफबीच हुने छ। प्रतियोगिता प्रदेश २ कै सर्वाधिक धनराशीको प्रतियोगिता हो।