भारी वर्षाले जलमग्‍न दाङ, हुलाकी राजमार्ग अवरुद्ध

भारी वर्षाले जलमग्‍न दाङ, हुलाकी राजमार्ग अवरुद्ध

दाङ : भारी वर्षाका कारण दाङको देउखुरी उपत्यका भित्रका केही स्थान जलमग्न भएका छन्  । पूर्वपश्चिम राजमार्ग छेउछाउका बस्तीहरूमा खहरे खोलाको बाढी पसेको हो।लमही नगरपालिका–१ मा रहेको कौडियाखोलामा आएको बाढी होमपाइप उद्योगमा पसेको छ । 

null

पानीको निकास नहुदा राजमार्ग उत्तर क्षेत्रका बस्तीहरू जलमग्न भएका छन् । यस्तै गढवा गाउँपालिका - ५ र ३ मा बाढीका कारण बस्तीहरु डुबानमा पर्ने जोखिम रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीले बताइन् । 

null

यस्तै राजपुर गाउँपालिका–५ मा १० वटा घर डुबानको जोखिममा रहेको र अहिले पानी घट्ने क्रममा रहेकाले केही समस्या टरेको प्रहरीले जनाएको छ । कालाकाटे सिक्टा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । निर्माणाधिन सडकमा बाढीले असर पुर्‍याएको छ भने बन्दै गरेको पुलमा पनि क्षति पुगेको छ।  'बाढीका कारण आउजाउमा समस्या भएको  छ,'प्रहरी प्रमुख वलीले भनिन्,‘पानी परिरह्यो भने जोखिम बढेर जाने देखिन्छ ।’

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.