भान्साघरमा आगलागी हुँदा एक जनाको मृत्यु, एक घाइते

भान्साघरमा आगलागी हुँदा एक जनाको मृत्यु, एक घाइते
सुन्नुहोस्

ओखलढुंगा : ओखलढुंगाको मानेभञ्ज्याङमा भएको आगलागीमा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार साँझ ५ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ। 

मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित हर्कपुरकी ३९ वर्षीया कमला दाहाल गौतमको भान्छाकोठामा जलेर मृत्यु भएको हो। मृतकले चुल्होमा डिजेल/पेट्रोल प्रयोग गरी आगो बाल्ने क्रमममा अचानक आगलागी गौतमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए। 

भान्छाघरको आगो स्थानीय र प्रहरीको सहायतामा नियन्त्रणमा लिइएको थियो। आगो निभाउने क्रममा मृतककी देउरानी २७ वर्षीया जानुका गौतम आगो निभाउने क्रममा बायाँ खुट्टाको केही भाग जलेको छ। घाइतेको उपचार उदयपुरस्थित जनसेवा हेल्थ केयर घुर्मिमा भइरहेको छ। 

 
आगलागीबाट भडावर्तन, अन्न पात, काठपातसमेत गरी १ लाख बराबरको क्षति भएको, मृतक कमला दाहाल गौतमको शव परीक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरीले जनाएको छ। पेट्रोलियम पदार्थ भान्सामा प्रयोग गर्दा दुर्घटना भएको भन्दै प्रहरीले प्रज्वलनशील पदार्थ भान्छामा नराख्न आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.