नयाँ वर्ष मनाउन आएका दुई भारतीय नागरिकको अटो दुर्घटनामा परी मृत्यु, चारजना घाइते

नयाँ वर्ष मनाउन आएका दुई भारतीय नागरिकको अटो दुर्घटनामा परी मृत्यु, चारजना घाइते
तस्बिर : अन्नपूर्ण

रौतहट : चन्द्रपुर–५ मा सोमबार राती अटो दुर्घटना हुँदा दुईजना भारतीय नागरिकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको चिडियादह चोकबाट सर्लाही जाँदै गरेको ट्यांकरले  बागमतीस्थित नुनथरबाट आउँदै गरेको अटोलाई ठक्कर दिँदा अटोमा सवार दुई भारतीय नागरिकको मृत्यु भएको हो । 

नुनथरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षीय पिंकु सिंह र २२ वर्षीय अवधेश राम रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

मृतक दुवैजना अंग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित  नुनथर गएका थिए । टेम्पो चढेर चन्द्रनिगाहपुरतर्फ आउँदै गर्दा ट्यांकरले ठक्कर दिएको थियो । दुर्घटनामा  चारजना घाइते भएका छन्  । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्यांकर चालक रौतहटको दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षीय प्रविण साहलाई नियन्त्रणमा लिएर अनुशन्धान थालेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.