भगवान् बनाउन भ्याइनभ्याइ

भगवान् बनाउन भ्याइनभ्याइ
जाहदाको लक्ष्मीनीयामा सरस्वतीको मूर्ति बनाउँदै  कालिगढ । तस्बिर : जितेन्द्रनारायण ठाकुर
सुन्नुहोस्

विराटरनगर  : विद्याकी देवी सरस्वतीको पूजा नजिकिदै जाँदा कालिगढ (मूर्तिकार)व्यवसायीहरू मूर्ति बनाउन व्यस्त भएका छन् । सरस्वती पूजा नजिकिदै गर्दा राम्रो आम्दानी लिन आकर्षक मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन् । 

परम्परा अनुसार माता सरस्वतीको पूजा  हरेक विद्यालयमा मूर्तिको आवश्यक्ता पर्ने भएकाले  विभिन्न ठाउमा सरस्वती माताको मूर्ति  बनाउन अहिले कालिगढहरु लागिपरेका छन् ।
मूर्तिको आकार हेरेर  २ हजार देखि १४  हजार सम्ममा बिक्री हुने गर्दछ । 

 सरस्वती पूजाको समयमा करिब ८० हजार रुपैयाँसम्मको मूर्ति बिक्री हुने गरेको विराटनगर १३का मूर्तिकार बाबुराम महतोले बताए । दुईजना सहयोगी कालिगढ राखेर मूर्ति बनाउन लागेको उनले बताए । परम्परागत  पेशा नभए पनि बुवा विजयप्रसाद महतोले गर्दै आएको काममा लागेर कालिगढ बनेका उनले विगत जस्तो मूर्ति बिक्री नहुने बताए । 

पहिला २ सय बढी सरस्वतीको मूर्ति बिक्री हुने गरेको बताउँदै उनले भने,'सयवटा पनि बिक्री हुँदैनन् । उनले वर्षभरी मूर्ति बेचेर वार्षिक तीन लाखसम्म आम्दानी गर्ने गरेको बताए ।  

मूर्ति खासगरी कुमालहे  जातीले बनाउने गर्दछ। तर, केहि समययता अन्य समुदायहरुले बनाउन लागेका छन् । सुनसरीको गढी गाउँपालिका ३ निवासी  इन्द्रजित चौधरीले विराटनगर १३ मा मूर्ति बनाउन आएका छन् । प्रत्येक वर्षझैं यस वर्ष पनि सरस्वतीको मूर्ति बनाएर बेच्न उनी बिहान ८ बजेदेखि राति ११ सम्म काम गर्ने गरेको बताए । 

उनले आकर्षक मूर्ति नबनाए बिक्री नहुने भएकाले आकर्षक मूर्ति बनाउन लागेको बताए । आफूले बनाएको मूर्ति बथनाहा पुर्‍याउने गरेको उनले बताए । उनले मूर्ति बनाएर घरपरिवार चलाउन कुनै समस्या नहुने गरेको बताए ।   

अधिकांश निजी तथा सामुदायिक विद्यालयले सरस्वती पूजाको दिनमा विद्यालयमा माता सरस्वतीको मूर्तिको प्रतिमा प्रतिस्थापन गरेर पूजा गर्ने गर्छन्।  यसवर्ष सरस्वती पूजा फागुन २ गते परेको छ।
यता सरस्वती पूजाको नजिकिदै जाँदा विभिन्न विद्यालयमा विद्यार्थीले सडकमा रहेर चन्दा माग्न सुरु गरेका छन् ।

कारोनाकालमा भारतीय सिमावर्ती क्षेत्रलाई शिल गरेकाले बिक्रीमा समस्या भए पनि अघिल्लो वर्षदेखि भारत समेत  सहज रुपमा मूर्ति जाने गरेकाले यस वर्ष गतको भन्दा बढी अर्डर आएको जहादा गाउँपालिका- २ का रघुनाथ मण्डलले जानकारी दिए । मंसिरदेखि बनाउन काम सरु गरेको बताउँदै उनले भने,‘बार्षिक २ लाख बराबरको आम्दनी हुने गरेको छ।'


  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.