जल सम्पदा संरक्षणका लागि महायज्ञ

जल सम्पदा संरक्षणका लागि महायज्ञ

काठमाडौं : नदीनालाको चरम दोहनले आकाश छुँदै गयो। नदीनाला नै काकाकुल बन्दै गयो। पानीको संकट चुलिँदै छ। पानीबिना अन्न फल्नै छाड्यो। धर्ती एक्लो बन्दै गएको मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) भन्छन्, ‘त्यसैले जल संरक्षणका लागि महाअभियान घोषणा गरेको छु।’ 

प्रकृतिको रक्षाका लागि सन्देश फैलाउन बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० आयोजना गरिएको उनी बताउँछन्। महायज्ञ आगामी फागुन ९ गतेदेखि २३ गतेसम्म १५ दिनसम्म चल्ने छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण, विश्वप्रसिद्ध मुक्तिक्षेत्रमा जल सम्पदाको संरक्षणका लागि देशैभरीबाट माटो, पानी संकलन गरेर कलशको निर्माण गरिने स्वामी आचार्य सुनाउँछन्। यो महायज्ञ विश्वमै पहिलोपटक हुन लागेको भनिएको छ। उनी भन्छन्, ‘कलशले जल सम्पदाको संरक्षण गर्न सन्देश दिनेछ भने हाम्रा पर्यटकीयस्थल पञ्चकोट धामलाई विश्वमा चिनाउने छ।’

‘देव देश, श्री नेपाल’

राष्ट्रनायक आराध्यदेव पशुपतिनाथको सामिप्यमा मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्यले शनिबार एक समारोहकाबीच बौद्धिक वर्ग तथा अभियन्ताहरूसँग महायज्ञका योजना र यसको लक्ष्य सुनाए। उनले भने, ‘यो महायज्ञ मात्रै होइन यहाँ नेपालको विकास, नीति र राम्रा अभ्यास बारे १५ दिनसम्म सम्मेलन पनि हुन्छ। जसले राष्ट्र निर्माणमा टेवा पुर्‍याउँछ।’

null

‘देव देश श्री नेपाल’मा जन्म लिनका लागि भगवान्हरू पनि भगवान् समक्ष अर्जी लगाउँथे। मानव, जीवजन्तु, किरफतिङ कुनै न कुनै रूपमा पृथ्वीमा आउन भगवान्समेत लालायित हुन्थे।’ तर, अहिले नेपाल र नेपाली सुनको कचौरा लिएर कनिका पनि भिख माग्ने अवस्थामा पुग्नु दुःखद कुरो रहेको स्वामी आचार्यले सुनाए। उनले भने, ‘बेलैमा सचेत नहुने हो भने चुलिँदै गएको जल संकटले आउँदा दिनमा पानीका लागि लडाइँ हुनेछ। त्यसैले जल संरक्षणबारे जनजागरण गराउन अनन्तश्री ब्रह्माण्डीय महायज्ञको संकल्प गरेको छु।’

उनका अनुसार वायु प्रदूषण भयो। खण्डवृष्टि, अनावृष्टि, खडेरी बढेर गयो। देशमा वैचारिक प्रदूषण पनि बढ्दै गयो। यसलाई नियन्त्रणका लागि स्वाआत्माको यात्रा गर्नुपर्छ। प्रकृति दोहनले नेपाल आमाको अस्तृत्व नै संकटमा परेको उनले सुनाए। उनले भने, ‘कालिगण्डकीको शालिग्राम विश्वको अमूल्य वस्तु हो। तर, चोरी तस्करी भइरहेको छ। यसलाई बचाउनुपर्छ।’

‘दोहनले धर्ती एक्लो बन्यो’

प्रकृति संरक्षणका लागि भइरहेको विशाल महायज्ञलाई सफलीभूत बनाउन बौद्धिक जगतले सबैमा आग्रह गरेका छन्। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले जल संरक्षणका लागि महायज्ञ हुन गइरहेको खबरले उत्सायित बनाएको सुनाए। उनले भने, ‘स्वामीले अहिलेसम्म थालेका सबै अभियान सफल भएको छ। यो महायज्ञ पनि सफल हुने मैले विश्वास गरेको छु।’ महायज्ञमा हुने विकास सम्मेलनले देशलाई दिशानिर्देश गर्ने उनले विश्वास गरे। 

अर्का पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली जल संरक्षणका लागि हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञ विश्वका मानव जातिका लागि अद्भुत र अद्वितीय हुने बताए। उनले भने, ‘यस्ता कामको संकल्प मुक्तिनाथबाबा जस्ता महापुरुषले मात्रै गर्न सक्नुहुन्छ ।’ पृथ्वी संरक्षणमा उनको योगदानको चर्चा गर्दै पराजुलीले थपे, ‘कालीगण्डकीको शालिग्राम विश्वमै दुर्लभ वस्तु हो। कालीगण्डकी संस्कार, संस्कृति, आर्थिक व्यवस्था र पौराणिक इतिहासको जिउँदो उदाहरण हो।’ 

उनका अनुसार यूएनका महासचिव गुर्टेसले नेपाल आएर हिमाल संकटमा परेको भनेर गए। योभन्दा पहिला नै स्वामिजीले हिमाल बचाउनुपर्छ भन्दा कसैले सुनेनन्। त्यसैले त हिमाल आज कालापत्थर भए । आफ्नै मौलिक संस्कृतिअनुसार विकासका योजनाहरू बन्न नसक्दा देशमा समृद्धि र विकासले गति लिन नसकेको पूर्वप्रधानन्यायाधीश पराजुलीले बताए। 

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्या. रामेश्वर थापाले स्वामी कमलनयनाचार्यले थालेको प्राकृति संरक्षणको अभियान अभूतपूर्व अभियान रहेको बताए। उनले भने, ‘महायज्ञले प्रकृति जोगाउन मानव समुदायमा आध्यात्मिक रूपमा एक क्रान्तिको सुरुवात गर्छ।’

null

महायज्ञले मुलुक, धर्ती, सभ्यता, मानवजाति र विश्वशान्तिका लागि अद्वितीय योगदान पुर्‍याउने थापाले उल्लेख गरे। ‘प्राकृतिको चरम दोहनले धर्ती एक्लो बन्दै गएको छ,’ उनले भने, ‘धर्ती जोगाउन सबैले आफ्नो तहबाट जिम्मेवारी बोध गरेर काम गर्न जरूरी छ।’

देशले पशुपतिनाथ, गौतम बुद्ध, कमलनयनाचार्य जस्ता शिखर पुरुष जन्माएको बताउँदै क्या. थापाले भने, ‘म एक पाइलट हुँ। मैले देशको प्राकृतिक सुन्दरतालाई नजिकबाट देखेको छु। तर, विडम्बना हामी धनी मुलुकको गरिब मानसिकता भएका नागरिक भयौं। यो सोच हामीले फेर्नुपर्छ।’ मन, वचन, कर्मले प्राकृतिक बचाउन लाग्न सुरु हुने महायज्ञमा सबैलाई सहयोग गर्न थापाले आग्रह गरे।

शिक्षाविद् डा. राजेन्द्र केसीका अनुसार जल संरक्षणबिना मानव जीवन चल्न सक्दैन। हाम्रो शरीरमा पानीको अंश नै धेरै छ, पृथ्वीमा पनि त्यस्तै छ। पानीको रंग छैन, स्वाद छैन अनि गन्ध पनि छैन। त्यसैले यसको महत्व छ। सबै मिलेर जल सम्पदा बचाउनका लागि हुन गइरहेको महायज्ञलाई सफल पार्नु आवश्यक छ। डा. भोला रिजालले कमलन्यनचार्यले आध्यात्मिक सन्देशमार्फत देशको भौतिक पूर्वधार निर्माणको अभियान सञ्चालन गरिरहेको उल्लेख गरे।

हवनदेखि विकासको बहससम्म 

राष्ट्रसमुन्नति, विश्वशान्ति, प्रकृति, पर्यावरण र वातावरणको संरक्षण, र नेपालका देवस्थल, तीर्थस्थल र धार्मिक पर्यटकीय स्थलहरूको व्यापक प्रचारप्रसार गर्नु महायज्ञको लक्ष्य रहेको छ। निर्माणाधीन विश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिने उद्देश्यअनुसार महायज्ञ आयोजना गर्न लागिएको हो। 

ब्रह्माण्डका समस्त देवी देवता, नदी तीर्थहरूलाई कलशमा आह्वान गरी पूजा आराधना गरिने भएका कारण महायज्ञलाई अनन्तश्रीब्रह्माण्डीय भनिएको छ। श्रीमहायज्ञको २५ फिट अग्लो धान्यामौलो (पञ्च श्री स्वर्णस्तम्भ) मा २१ हजार ५ सय ५५ जना श्रद्धालु भक्तजनहरूबाट २१ हजार ५ सय ५५ क्विन्टल धान अर्पण गरी ऐतिहासिक रूपमा धान्याचल हुनेछ। 

राष्ट्र समुन्नति, विश्वशान्ति र वैयक्तिक कार्यसिद्धिको संकल्पकासाथ ५४ प्रकारका हवनीय द्रव्यहरू राखी गरिने सवालाख श्रीफलको हवन, नवाचल, पञ्चकुण्डात्मक हवन, वैदिक सद्शास्त्रहरूको पारायण, कथा प्रवचन लगायतका कार्यहरू हुने छ। राष्ट्रको समृद्धि र विकासका लागि महायज्ञ अवधिभरी विविध विधाका राष्ट्रिय विकास सम्मेलन हुनेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.