अदालतद्वारा पालिकाको निर्णय बदर

अदालतद्वारा पालिकाको निर्णय बदर
सुन्नुहोस्

ओखलढुंगा : शिक्षा नियमावली मिचेर निमित्त प्रधानाध्यापक नियुक्ति गर्ने मानेभञ्ज्याङ गाउँपालिकाको निर्णय अदालतले बदर गरेको छ।जनता आधारभूत विद्यालय थाक्लेको विद्यालय व्यवस्थापन समिति र मानेभञ्ज्याङ गाउँपालिकाको शिक्षा समितिले नियमावली को दफा ९३ को १२ विपरित सिनियर शिक्षक हुँदाहुँदै जुनियरलाई निमित्त प्रधानाध्यापक बनाउने निर्णय गरेका थिए।

उक्त विद्यालयका प्रधानाध्यापक इन्दिरा दाहालको अनिवार्य अवकाशपछि सिनियर शिक्षक पृथीबहादुर महत हुँदाहुँदै समान तहमा ४ वर्षपछि नियुक्ति भएका दुर्गाप्रसाद काफ्लेलाई निमित्त प्रधानाध्यापक नियुक्त गरिएको थियो।विद्यालय व्यवस्थापन समितिको २०८० असोज २६ गते गरेको उक्त नियमावली विपरितको निर्णयलाई पालिकाको शिक्षा समितिको २०८० पुस २३ गतेको बैठकले अनुमोदन गरेको थियो।नियमावली मिचेर भएको निर्णयले अन्याय परेको भन्दै महत अदालत गएका थिए।अस्थायी इजलाश ओखलढुंगाले २०८० फागुन १ गते नियमावली मिचेर गरिएको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।अदालतले पूर्ण सुनुवाइ गर्दै उक्त निर्णय नियमावली विपरित भएकोले उत्प्रेषणको आदेशले बदर गरेको अधिवक्त गुरुबहादुर वस्नेतले बताए।अदालतले नियमावलीमा भएको व्यवस्था अनुसार वरिष्ठतम शिक्षक पृथीबहादुर महतलाई निमित्त प्रधानाध्यापक नियुक्त गर्नू गराउनू भन्ने आदेश दिएको छ।

नियमावलीको दफा ९३ को १२ मा ‘सामुदायिक विद्यालयमा प्रधानाध्यापक अनुपस्थित भएमा वा कुनै कारणले पद रिक्त भएमा प्रअ उपस्थित नहुञ्जेल वा पदपूर्ति नहुञ्जेल विद्यालयमा कार्यरत वरिष्ठतम् स्थायी शिक्षकले निमित्त भइ कामकाज गर्नेछ’ भन्ने व्यवस्था रहेको छ।उक्त व्यवस्था मिचेर व्यवस्थापन समिति र शिक्षा समितिले गरेको निर्णय अदातले खारेज गरेको हो।

विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय उपर शिक्षक महतले पालिकाको शिक्षा शाखामा निवेदन दिए पनि सुनुवाइ भएको थिएन।आफ्नो निवेदनको कारबाही के कसो भयो भनी सुचनाको हक प्रयोग गरेर महतले सूचना मागे पनि पालिकाले स्पष्ट जानकारी नदिएको महतले बताए।उनले पालिकाले न्याय नदिएपछि अदालत पुगेको बताए।अदातल जाने भनेर जानकारी गराएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले कानुनी बाटो अपनाए सरुवा गर्ने धम्की दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.