वीरगन्ज नाकाको मितेरी पुलबाट एसएसबीले हटायो चेकपोष्ट

वीरगन्ज नाकाको मितेरी पुलबाट एसएसबीले हटायो चेकपोष्ट
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज–रक्सौल नाकाको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा गत असोज महिनादेखि स्थापना गरिएको भारतीय एसएसबीको चेकपोष्ट हटाइएको छ ।  तेस्रो मुलुकका नागरिकको निगरानीका साथै सुरक्षाका लागि भन्दै मितेरी पुलमै गत असोज ३ गतेदेखि एसएसबीको चेकपोष्ट स्थापना गरिएको थियो । 

एसएसबीको केन्द्रीय सर्कुलर अनुसार नै नाकाहुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनुपर्ने आवश्यकता भएको भन्दै मितेरी पुलमा विगत पाँच महिनादेखि एसएसबीको चेकपोस्ट स्थापना गरिएको थियो । तर, यसले पुल झन् साँघुरो भएको र त्यसले खासगरी नेपालबाट आउजाउ गर्ने यात्रुहरूलाई सास्ती भएपछि पुलबाट एसएसबीको चेकपोष्ट हटाउने निर्णय गरिएको एसएसबीका उच्च अधिकारीले बताएका छन् । अहिलेलाई मितेरी पुलबाट चेकपोष्ट हटाए पनि भविष्यामा आवश्यकता परेको खण्डमा पुन:चेकपोष्ट राख्न सकिने एसएसबीका उच्च अधिकारीको भनाइ छ।

nullमितेरी पुलमा एसएसबीको चेकपोष्ट स्थापनाले नेपाली यात्रुलाई सास्ती भएको जनगुनासो बढेपछि  वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासकोपनि ध्यानाकर्षण गराइएको थियो । महावाणिज्य दूतावासकै अग्रसरतामा दुवै देशका सुरक्षा अधिकारीबीच छलफल भएको र त्यसपछि मितेरी पुलबाट चेकपोष्ट हटाउन एसएसबी सहमत भएको छलफलमा सहभागी ग्रिनसिटी आदर्शनगर वीरगन्जका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । 

यता एसएसबीका इन्स्पेक्टर मनोजकुमार शर्माले दुवै देशका जनताबीचको रोटी–बेटीको सम्बन्धलाई मध्यनजर गर्दै हालका लागि मितेरी पुलबाट एसएसबीको चेकपोष्ट हटाउने निर्णय गरिएको बताए । उनले भने,‘यदि भविष्यमा फेरि आवश्यकता पर्यो भने पोष्ट फेरि राख्न सकिनेछ ।  

मितेरी पुलमा भारतबाट तर्फबाट स्थापना गरिएको एसएसबीको चेकपोष्टका कारण दुई देशबीचको जनस्तरको सम्बन्धमा असर पुगेको गुनासो आएपछि गत शनिबार मात्रै दिल्लीबाट एसएसबीका डीआइजी सुरेश सुब्रमण्यमले आफै मितेरी पुलमा आएर निरीक्षण गरेका थिए । त्यसक्रममा उनले पर्साका सुरक्षा प्रमुख लगायतसँग भेटेर छलफल पनि गरेका थिए । 

null

त्यसअघि गत फाल्गुन तेस्रो साता मितेरी पुलमै एसएसबीको जवानले कुटपिट गरी एक नेपालीलाई घाइतेसमेत बनाएका थिए । भारतको रक्सौलबाट एक बोरा चामल लिएर वीरगन्ज आउँदै गरेका वीरगन्ज १ छपकैयाका बलिराम साह सोनारलाई मितेरी पुलको चेकपोष्टमा खटिएका एसएसबीले दुर्व्यवहार गर्दै कुटपिट गरेका थिए । कुटपिटबाट साहको टाउको फुटेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.