सरकारी अस्पतालको सेवामा सुधार

सरकारी अस्पतालको सेवामा सुधार

चितवन : भरतपुर अस्पतालले विरामीको सुविधाका लागि भरतपुर अस्पतालमा सेवाको स्तरोन्नति गरेको छ। अस्पतालको विभागमा अत्यधुनिक मेसिनसहित प्रभावकारी सेवाको लागि स्तरोन्नतिसँगै केही सुधारको काम भएको छ। विरामीको चापलाई मध्यनजर गरेर सेवालाई ब्यवस्थापन गरिएको छ।

अस्पतालको ओपिडी, सर्जरी, अन्तरंग, प्रयोगशाला, इमरजेन्सीसहितका विभागमा सुधार देखिएको छ। अस्पतालमा मेडिकल सुपरीटेण्डेन्ट डा. श्रीराम तिवारी आएपछि अस्पतालको सेवामा विरामीको सहजताका लागि सुधारका काम भएका छन्। डा. तिवारीले विरामीको गुनासोलाई ख्याल गरेर सेवालाई प्रभावकारी बनाउँदै लागेको बताए। 

'विरामीको चाप बढी हुने कारण केही कठिनाइ नभएको होइन। तर, हामीले स्रोतसाधनलाई ब्यवस्थापन गर्दै सहज बनाउँदै लगेका छौं,’ उनले भने, ‘हामीले सुधार भएको भनेर हुँदैन। विरामीले अनुभूति गरेको कुरा हो। हामी क्रमशः ब्यवस्थापनका लागि जुटको छौं।’ 

भरतपुर अस्पतालमा विरामीको सुविधाका लागि पछिल्लो समय २४ शय्या थप गरिएको छ। आइसीयुमा विरामीको चाप बढेको कारण चारवटा बेड थप गरिएको छ। सुविधा अनुसारको बेडका कारण अस्पताल आउने विरामी आइसीयुको अभावमा बाहिर जान नपरेको अस्पतालले जनाएको छ। 

त्यस्तै बालरोग विभागअन्तर्गत पाँच बेडको एचडीयु स्थापना गरिएको छ। पीआइसीयु राख्नुअघिका विरामीलाई एचडीयुमा राखिन्छ। त्यस्तै पाँच वेडको बर्थिङ युनिट पनि यसपालीबाट सुरु भएको छ। थालेसिमिया विरामीको लागि तीन बेड अलग्गै ब्यवस्थापन गरिएको छ। त्यस्तै १२ बेडको एनआइसीयुलाई २० बेडमा स्तरोन्ति गरिएको छ। 

अस्पतालको गुरुयोजना अनुसार बनेका भवनमा सेवालाई ब्यवस्थापनसँगै नयाँ कार्यक्रम ल्याइएको छ। अस्पतालमा बेड थप, विरामीलाई सहज हुनेगरी वार्ड नजिक डिस्चार्ज हुने ब्यवस्था गरेका छन्। आपतकालीन सेवाका लागि आउने विरामीको लागि इमरजेन्सीमै ल्याबको सुविधा गरिएको छ। अस्पतालमा बालमैत्री क्षेत्र बनाइएको छ। अस्पताल आउने बालबालिकालाई भुलाउनका लागि खेलको साधन सहितको हरियाली क्षेत्र बनाइएको छ।  

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले अस्पतालमा सुधारको काम भएको बताए। ‘जति हामीले सेवा थप गरेका छौं। त्यसले धेरै सहज भएको अनुभूति भएको छ,’ डा. सापकोटाले भने, ‘हामीले विरामीमैत्री, अपांगमैत्री र बालमैत्री पूर्वाधार बनाएका छौं। अब ओपिडी भवन बनाउन सक्यौं भने अझै सहज हुनेमा आशाबादी छौं।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.