मदिरा र रिसइबीले २ युवाको हत्या

मदिरा र रिसइबीले २ युवाको हत्या
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : आइतबार दिनभर उपत्यका होलीमा रंगिएको थियो। सुरक्षा व्यवस्था कडाइका साथ दिनभर होलीको रौनक चल्यो। तर, ललितपुरको ढोलाहिटीमा होलीकै रात दुई युवा मारिए। खाजाघरमा मदिरा पिएर बसेका दुई समूहबीच ग्याङफाइट हुँदा २८ वर्षीय रोबस राई र ३० वर्षीय पुजन राईको मृत्यु भएको छ। मदिराको नशामा दुई समूहबीच चक्कु हानाहान भएको थियो। 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीका अनुसार चक्कु हानाहानमा सुनसरी घर भई ललितपुरको ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षीय पूजन राई मारिए। दुई समूहका युवाहरू होलीमा रङ खेलेर राति ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेका थिए। मृतक पुजनको समूह उक्त खाजा घरमा पहिल्यैदेखि नै मदिरा पिइरहेको थियो। केहीबेरपछि रोबसको समूह पनि त्यहीँ पुग्यो। सोही क्रममा उनीहरूबीच विवाद चर्कियो । रोवस भने सो समय त्यहाँँ थिएनन्। विवाद चर्किएपछि उनको साथीले फोन गरेर बोलाएका हुन्। प्रहरीका अनुसार उनीहरूबीच १० बजे रातितिर झगडा भएको हो।  

ललितपुर प्रहरी प्रवक्ता सुवेदी भन्छन्, ‘प्रारम्भिक अनुसन्धान हेर्दा घटना आवेसप्रेरित भएको हो की भन्ने अनुमान छ। झगडाको कुनै कारण भेटिएको छैन, संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरिएको छ। 

उनीहरूबीच सामान्य चिनजान पहिल्यैदेखि नै थियो। हत्या नै गर्नुपर्ने खालको विवाद यसअघि भएको थिएन। रोवस र पूजन फरक समूहका हुन्। विवादका क्रममा एकले हानेको छुरा रोक्ने क्रममा पूजनको तिघ्रामा लागेको थियो। रोवसलाई छातीमा छुरा प्रहार गरिएको थियो।’ 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालका अनुसार मृतक पूजनको शव सुमेरु अस्पताल र रोबसको शव पाटनमा राखिएको छ। विवादका विषयमा कसैले पनि प्रहरीलाई खबर नगरेको उनको भनाइ छ । 

छुरा प्रहारबाट गम्भीर घाइते भएका रोवसलाई उनका साथीले स्कुटरमा राखेर पाटन अस्पताल पु¥याएका थिए। अस्पताल पु¥याउनासाथ उनलाई मृत घोषणा गरिएको थियो। पाटन अस्पतालमा ड्उटीमा रहेका प्रहरीले स्कुटर चालकलाई पक्राउ गरेपछि घटनाका विषयमा प्रहरीले सुइँको पाएको थियो। यसपछि घटनाका विषयमा प्रहरीले थप अनुसन्धान र खोजीनिती गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.