वामदेवले काठमाडौँ ७ बाट चुनाव लड्ने , राजीनामा दिँदै रामवीर

वामदेवले काठमाडौँ ७ बाट चुनाव लड्ने , राजीनामा दिँदै रामवीर

काठमाडौँः बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले छाड्ने भएका छन् । डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुलाई राजीनामा गराउन असफल भएका वामदेवले रामवीरलाई राजीनामा दिन लगाएर काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने भएका हुन् । 

वामदेवका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट राजीनामा दिन तयार भएको सांसद रामवीर मानन्धरको पत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको जानकारी नेकपा उच्च स्रोतले दिएको छ । 

नेकपामा नेताबीच बढेको कलह मिलाउन र पार्टी एकतालाई तलसम्म पुर्याउनका लागि बसेको सचिवालय बैठकमा प्रचण्डले वामदेवका लागि रामवीरले छाड्न तयार भएको पत्र प्रस्तुत गरेका थिए । 

नेकपा उच्च स्रोतका अनुसार राष्ट्रिय सभामा मनोनित गर्ने आश्वासन दिएर नेताहरुले रामवीरलाई मनाउन सफल भएका हुन् । बालाजुस्थित अष्टनारायण चलचित्र मन्दिरका मालिकसमेत रहेका रामवीर मानन्धर तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्री तथा राप्रपा नेता विक्रमबहादुर थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 

मानन्धरले १८१०२  मत पाएका थिए भने विक्रमबहादुर थापाले १००७९  मत पाएका थिए। उनले ८०२३ मतको अन्तरले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार, राप्रपाका नेता तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापालाई पराजित गरेका थिए । 

मानन्धरले यस अघि २०७० सालमा सम्पन्न दास्रो संविधानसभा निर्वाचनमा तत्कालिन माओवादीकी नेत्री हिसिला यमीलाई पराजित गरेका थिए। रामवीर मानन्धर पार्टीमा स्वाभिमानी, निडर, प्रष्ठबक्ता र राम्रो सम्भावना बोकेको नेताकारूपमा परिचित छन् । 

मानन्धर नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमितताको बिषयमा कडारूपमा बोलेर चर्चित भएका थिए । शेरबहादुर देउवाको सरकारलार्इ भ्रष्टाचारीहरुको अड्डाको संज्ञा दिँदै उनले निगमको जग्गा खरीद प्रकरणमा भएको अनियमितताबारे चर्कोरूपमा प्रस्तुत भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.