विभागले भन्यो : अत्यावश्यकबाहेक १ हप्तासम्म यातायात कार्यालयमा नआउनू

विभागले भन्यो : अत्यावश्यकबाहेक १ हप्तासम्म यातायात कार्यालयमा नआउनू
फाइल तस्बिर।

काठमाडौं : पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था विभागले सेवाग्राहीलाई एक हप्ता कार्यालय नआउन आह्वान गरेको छ। आज एक सूचना जारी गर्दै विभागले करका दर र सिस्टम मिलाउनुपर्ने भएकाले अत्यावश्यकबाहेक कार्यालयमा नआउन आह्वान गरेको हो।

विभागले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रणालीहरुलाई सेवाग्राहीमैत्री र थप व्यवस्थित गर्नका लागि डाटा स्थानान्तरण र प्रदेश सरकारबाट तोकिएका नयाँ करका दररेटहरु प्रविष्टी तथा मिलान कार्य भइरहेको जनाएको छ।

 विज्ञप्तिमा भनिएको छ,  ‘यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रणालीहरुलाई सेवाग्राहीमैत्री र थप व्यवस्थित गर्नका लागि Data Base Migration र प्रदेश सरकारवाट तोकिएका नयाँ करका दररेटहरु प्रविष्टी तथा मिलान कार्य भई रहेको व्यहोरा अनुरोध छ उक्त कार्यहरु पूर्णरुपमा कार्यान्वयन हुन करिब १ हप्ता समय लाग्ने भएकाले अति आवश्यक काम परेको अवस्थामा बाहेक यातायात सम्बन्धी विभिन्न सेवा प्राप्तिका लागि मिति २०८३।०४।०८ गते पश्चात् मात्र सम्बन्धित कार्यालयहरुमा सम्पर्क गर्न हुन अनुरोध छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.