प्रधानमन्त्रीले भने- पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधान गर्छौं

प्रधानमन्त्रीले भने- पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधान गर्छौं
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाए।

उनले व्यवसायीहरूका जायज मागहरू कार्यान्वयनमा लैजानका लागि सरोकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिबद्धता जनाए। पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनु भन्दा प नि सम्बन्धित निकायहरूले नै तुरुन्त काम अगाडि बढाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी सेयर ब्रोकर तथा पुँजीबजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिए।

प्रधानमन्त्रीसँगको छलफलका क्रममा आफूहरूले लगानीकर्ताको मनोबल उकास्ने, बजारमा आपूर्ति बढेको हुँदा माग पक्षलाई पनि बढाएर बजारलाई सन्तुलित बनाउने, करका विषयमा देखिएका अस्पष्टता हटाई, घाटा समायोजन गरेरमात्र कर लिने व्यवस्था मिलाउने, राष्ट्र बैंकले ब्रोकरहरूमार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्न आवश्यक नियमहरू बनाइदिने लगायतका सुझाव दिएको रेग्मीले बताए।

त्यस्तै छलफलमा सहभागीहरूले स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधियुक्त बनाउने र उच्च दक्ष जनशक्ति आउने वातावरण बनाउनेसमेत सुझाव दिएका छन् भने धितोपत्र बोर्डले १० कित्ते नीतिको पुनरावलोकन/सुधार गरी योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ ल्याउने व्यवस्था गर्नसमेत सुझाएका छन्।

छलफलमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल लगायतका निकायका पदाधिकारीको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.