कोरोना प्रभावित विकासोन्मुख देशलाई विश्व बैंकको १.९ अर्ब, कसले कति पायो ?

कोरोना प्रभावित विकासोन्मुख देशलाई विश्व बैंकको १.९ अर्ब, कसले कति पायो ?

नयाँदिल्ली : विश्व बैंकले कोरोनाको महामारीविरुद्ध लड्न विकासोन्मुख देशका लागि १ दशमलब ९ अर्ब अमेरिकी डलर प्रारम्भिक कोषको रुपमा छुट्याएको जनाएको छ ।

२५ वटा विकासोन्मुख देशका लागि आपतकालिन कोषको रुपमा उक्त रकम छुट्याएको बताइएको छ । आधा भन्दा धेरै सहयोग भारतका लागि कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न भनी दिइनेछ ।

बैंकले आफूसँग रहेको कायम रहेको १ दशमलब ७ अर्ब डलरको स्रोतलाई पनि पुन प्रयोग गर्ने भएको छ । साथै बैंकले आगामी १५ महिनासम्म महामारी विरुद्ध १ सय ६० अर्ब डलरसम्म खर्च गर्ने तयारी गरिरहेको पनि जनाएको छ ।

विश्व बैंकका उच्च अधिकारीहरुका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जिएवाले आफ्नो बैठकमा समावेश गर्न प्रस्ताव आह्वान गरेकी थिइन् । यससँगै विश्व बैंकको प्रारम्भिक कोषको सबैभन्दा ठूलो रकम एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको भारतले प्राप्त गर्नेछ ।

जसअनुसार १ अर्ब डलर कोरोना महामारीविरुद्ध लड्न भन्दै भारतका लागि छुट्याइएको छ । उक्त कोषबाट पाकिस्तानका लागि २ करोड डलर छुट्याइएको छ । श्रीलंकाको लागि १ करोड २९ लाख डलर, अmगानिस्तानका लागि १ करोड र इथियोपियाका लागि ८२ लाख डलर रकम छुट्याइएको विश्व बैंकले जनाएको छ । यस्तै अर्जेन्टिना, कम्बोडिया, कंगो, हइटी, केन्या र यमन लगायत देशले पनि विश्व बैंकबाट न्युनतम रकम प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.