नयाँ दिल्लीमा परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबीच भेटवार्ता

नयाँ दिल्लीमा परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो।

उनीहरूबीच नेपाल-भारतबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

परराष्ट्रमन्त्री खनाल तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेका हुन्। उनलाई भारतीय समकक्षी एस जयशंकरले निमन्त्रणा गरेका हुन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले परराष्ट्रमन्त्रीको खनालको नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता हुने जनाएका थिए। 

रास्वपा सभापति रवि लामिछाने आजमात्र पाँच दिने भारत भ्रमणबाट स्वदेश फर्किएका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.