चुनावमा नउठ्ने, भोट पनि नहाल्नेहरु पार्टीमा बसिरहनु उचित छैन : राजेन्द्र लिंङ्देन

चुनावमा नउठ्ने, भोट पनि नहाल्नेहरु पार्टीमा बसिरहनु उचित छैन : राजेन्द्र लिंङ्देन

गोरखा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अर्काका गोटी हुनेहरु पार्टीभित्र बसिरहनु उचित नहुने बताएका छन् । राप्रपा गोरखाको जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै लिङ्देनले धवल शम्सेर नेतृत्वको एक समूहप्रति लक्षित गर्दै पार्टीको अहितमा खुलेर लागेकाहरुले अहिले पार्टी छोडेको घोषणा गरेको भन्दै त्यस्ता व्यक्तिहरु पार्टीभित्र बस्नु नहुने तर्क गरेका हुन् । 

‘पार्टीको नेता, कार्यकर्ता, पार्टीको समर्थक भनेको पार्टीका लागि काम गर्ने होइन ? चुनावमा चाहिने होइन ?’ उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘चुनावमा उम्मेद्वारी पनि नदिने, चुनावमा भोट हाल्न पनि नजाने, यो पार्टीलाई राष्ट्रिय पार्टी बन्न दिनु हुन्न भन्नेहरुले पार्टी छोडेर गए त के दुःख मान्नु ?’ 
उम्मेद्वारको आकांक्षीमा नाम लेखाएर टिकट लिने बेला भाग्नेहरुले अहिले पार्टी छोड्यौँ भन्नु हास्यास्पद भएको उनको भनाइ छ ।

‘गोरखाबाट एक जना युवाले उम्मेद्वार बन्छु भनेर पार्टीमा नाम पेश गरे । युवा उम्मेद्वार बन्ने भए भनेर खुशी लाग्यो, तर टिकट दिन बोलाउँदा मान्छे नै आएनन् । भोट दिन पनि आएनन् । त्यस्ता मान्छेले पार्टी छोड्यौँ भनेर ढोल पिटाउनुको कुनै अर्थ छैन’, लिङ्देनले भने, ‘८७ बर्षको आराम गर्नुपर्ने उमेरको मान्छेलाई संयोजक बनाउने हो भने बस्छौँ, नभए पार्टी छोड्छौँ भनेर उल्टो–उल्टो कुरा मात्र गरिरहने मान्छेलाई पार्टीमा राखेर काम छैन । कार्यक्रम के हो, यसपछि कहाँ जाने, के गर्ने भन्ने मेसोमेलो नपाउने मान्छेलाई नेतृत्व सुम्पिनु पर्छ भन्नु समय सुहाउँदो छैन ।’

अर्काका गोटी बनेर चल्नेहरु पार्टीमा बसिरहेर पार्टी कहिल्यै उँभो नलाग्ने भन्दै उनले त्यस्ता व्यक्तिहरु बसिरहनु भन्दा छाड्नु नै बेस हुने बताए । उनले देशभरका राष्ट्रवादी नेता, कार्यकर्ता र आफ्ना शुभेच्छुकहरुलाई विचलित नहुन आग्रह गरे । ‘निराश हुनु पर्दैन, राप्रपा कमजोर हुदैन’, उनले भने, ‘राप्रपा अझै बलियो बनेर आउँछ । हामी आउँछौँ । अहिले राष्ट्रवादी शक्तिको महत्व झन बढेर गइरहेको छ । त्यसैले कसैले बिचलित हुनु पर्दैन ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.