गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनु पर्छ : सांसद भूमिका सुब्बा

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनु पर्छ : सांसद भूमिका सुब्बा

काठमाडौं : नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकका सांसद सुव्वाले सुरक्षाको प्रकृति र गम्भीरतालाई ख्याल नगरी हचुवाका भरमा गरिएको जरिवाना प्रणालीकै कारण नेपालीको ज्यान गएको भन्दै यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी हुन् ।

उनले नेपालीको मृत्युले राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथि पनि गम्भीर प्रश्न उठेको धारणा राखिन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र परिवारलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न उनले माग गरिन् । साथै सांसद सुव्वाले नयाँ र पुरानो बीच कृत्रिम विभाजनको भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाइन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.