गणेश नेपालीको मृत्यु यो राज्यको नीतिका कारण : ज्ञानेन्द्र शाही

गणेश नेपालीको मृत्यु यो राज्यको नीतिका कारण : ज्ञानेन्द्र शाही
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले हिजो आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु राज्यको नीतिका कारण भएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद शाहीले यो काठमाडौं शहर अरबपति र करोडपतिको मात्रै हो भन्द्र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई प्रश्न गरेका छन् । उनले काठमाडौं गरिब दुःखी र निमुखाको पनि शहर को कि होइन भन्द्र प्रधानमन्त्रीलाई संसदमार्फत प्रश्न गरेका छन् ।

सांसद शाहीले यो गरिब दुःखको शहर होइन भने काठमाडौं नेपालको राजधानी किन हो भन्दै प्रश्न गरेका छन् । उनले काठमाडौं गरिब, दुःखी र सर्वहाराको पनि शहर भएको बताउँदै आज उनीहरु बालेन शाह अघिल्लो पटक मेयर बनेकै कारण बाँच्न नसक्ने भएको बताएका छन् । सांसद शाहीले सरकार अरबपतिलाई नचाहिने र त्यति आवश्यक पनि नहुने बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.