राहदानी विभागले भन्यो- आत्मदाह गर्ने व्यक्ति सेवा लिन आएका होइनन्
काठमाडौं : राहदानी विभागले त्रिपुरेश्वरस्थित विभाग परिसर बाहिर बिहीबार एक व्यक्तिले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा ती व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन विभागमा आएको नदेखिएको उसले स्पष्टसमेत पारेको छ।
विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनासम्बन्धी विभागको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शी तथा सम्बन्धित निकायबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार घाइते भएका व्यक्ति राहदानी/कन्सुलर सेवा लिन आएको नदेखिएको जनाएको हो।
विभागका अनुसार प्रहरी प्रशासनको सहयोगमा घाइते व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको छ र हाल उनको उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !